Oct 02 2026 | २०८३, आश्विन १६ गते

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

  • 202
    SHARES

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

    काठमाडौँ, असार २३। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो।

    नवनियुक्त उपाध्यक्ष डा. खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गर्नुभयो।

    यसअघि आयोगको उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

    यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा सरकारले डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको हो।

    डा. खत्रीको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगको नेतृत्वले पूर्णता पाएको छ। आयोगले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, नियमन तथा नीति कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    images
    मंगलवार, आषाढ २३ २०८३०१:४२:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार