Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति राजन सुवालद्वारा पदभार ग्रहण

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति राजन सुवालद्वारा पदभार ग्रहण

  • 377
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति राजन सुवालद्वारा पदभार ग्रहण

    सुर्खेत, असार २३। मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति सह-प्रा. डा. ई. राजन सुवालले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित बैठक हलमा आयोजित एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ।

    पदभार ग्रहणपछि आफ्नो सम्बोधनमा उपकुलपति सुवालले कर्णाली क्षेत्र, विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा यसअघि विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव स्मरण गर्दै विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले विश्वविद्यालयको समग्र विकासका लागि पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सबै सरोकारवालाले इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

    1783415660924.jpg

    सोही अवसरमा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलको सम्मान तथा बिदाइ कार्यक्रम पनि सम्पन्न भएको थियो। आफ्नो मन्तव्यमा उहाँले विशेष परिस्थितिमा विश्वविद्यालयको नेतृत्व सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयको समग्र हितका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो। साथै आगामी दिनमा पनि विश्वविद्यालयको उन्नति र प्रगतिका लागि आफ्नो साथ, सहयोग र शुभेच्छा निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

    1783415656802.jpg

    कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनियुक्त उपकुलपति सुवाललाई सफल कार्यकालको शुभकामना दिनुभयो। स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विभागीय प्रमुख तथा संयोजक, प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    मंगलवार, आषाढ २३ २०८३०३:०४:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार