Jul 27 2026 | २०८३, श्रावण ११ गते

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • 117
    SHARES

  • ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं, असार २६। विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

    शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिंह प्रधान, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङ्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहनुभएको छ।

    नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उहाँहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो।

    नवनियुक्त उपकुलपतिहरूले सम्बन्धित प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक, अनुसन्धान तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    images
    शुक्रवार, आषाढ २६ २०८३११:४१:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार