मंगलवार, श्रावण ५ २०८३
काठमाडौं, साउन ४ — काठमाडौं विश्वविद्यालयको उपकुलपति (Vice-Chancellor) पदका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले "काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी २०८३ साउन ४ गते बसेको समितिको निर्णयअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
समितिले सार्वजनिक सूचनामार्फत उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये कार्यविधिअनुसार योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको जानकारी दिएको छ। स्वीकृत उम्मेदवारहरू अब छनोट प्रक्रियाको आगामी चरणमा सहभागी हुनेछन्।
उपकुलपति छनोट तथा सिफारिस समितिले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ। अब कार्यविधिअनुसार प्रस्तुतीकरण, अन्तर्वार्ता तथा अन्य मूल्याङ्कन प्रक्रियापछि समितिले उपयुक्त नाम सिफारिस गर्नेछ।
