Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमै इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थी आकर्षण बढाउन कार्ययोजना बनाइने

नेपालमै इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थी आकर्षण बढाउन कार्ययोजना बनाइने

  • 194
    SHARES

  • नेपालमै इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थी आकर्षण बढाउन कार्ययोजना बनाइने

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) तथा विभिन्न इन्जिनियरिङ कलेजका प्रतिनिधिसँग छलफल गर्नुभएको छ।

    छलफलमा इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थी मूल्याङ्कन तथा परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने, अध्ययन पूरा गरेपछि नेपालमै रोजगारी तथा व्यावसायिक अवसर सिर्जना गर्ने कार्ययोजना तयार गर्ने विषयमा विशेष जोड दिइएको थियो।

    त्यसैगरी, स्वदेशमै गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीलाई आकर्षित गर्ने प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, शैक्षिक वातावरण सुधार गर्ने तथा उच्च शिक्षालाई समयसापेक्ष र रोजगारमुखी बनाउने विषयमा पनि सहभागीहरूबीच विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

    छलफलमा सहभागीहरूले इन्जिनियरिङ शिक्षालाई व्यवहारिक, प्रतिस्पर्धी र रोजगारसँग जोड्दै विद्यार्थीको विश्वास अभिवृद्धि गर्न सरकार, विश्वविद्यालय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार