बिहिवार, कार्तिक २० २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका निजी सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख भुपेन्द्र विष्टबीच कुटाकुट भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको होटल मेघामा मादक पदार्थ सेवन गरेका ऐर र विष्टबीच बुधबार राति ९ बजे कुटाकुट भएको हो । होटल मेघामा विश्वविद्यालयका केही प्राध्यापकहरु र सभामुख सापकोटाका निजी सचिव ऐर मादक पदार्थ सेवन गर्दैगर्दा कुटाकुट भएको बताइएको छ । कुटाकुटबाट विष्टको औंलामा चोट लागेको छ भने ऐरको कानमा दुईवटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ