बिहिवार, श्रावण १४ २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा साउन ३० गते हुने भएको छ।
आविसिय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा कक्षा ५ र ६ मा अध्ययन गर्नका लागि स्थगित गरिएको परीक्षा कार्यक्रम साउन ३० गते बिहान ११ बजे सञ्चालन हुने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा दिइने छात्रवृत्ति विद्यालयमा विपन्न समुदायका जेहेन्दार बालबालिकाहरुलाई उपल्ब्ध गराइने छ ।