मंगलवार, भाद्र १६ २०८३
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको छ।
आयोगले भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आवेदनको म्याद थप गरेको जनाएको छ। यसअघि भदौ १५ गते अपराह्न ५ बजेसम्म आवेदन दिने समय तोकिएको थियो।
नयाँ समयअनुसार उम्मेदवारले भदौ २३ गते अपराह्न ५ बजेसम्म आवेदन शुल्क बैंकमा दाखिला गर्न सक्नेछन्।
सोको भौचरका आधारमा भदौ २५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन पेश गर्न सकिनेछ। त्यस्तै, भदौ २५ गतेदेखि भदौ ३१ गते अपराह्न ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।
एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय पछि प्रकाशन गरिने आयोगको सूचनामा उल्लेख छ।
