बुधवार, भाद्र १७ २०८३
काठमाडौं । प्राकृतिक प्रकोपका कारण स्थगित भएका पोखरा विश्वविद्यालयअन्तर्गत Spring 2026 का परीक्षा भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने भएका छन्। पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले बुधबार सूचना जारी गर्दै भदौ ११ गतेदेखि स्थगित गरिएको परीक्षा भदौ २२ गतेदेखि संशोधित तालिकाअनुसार सञ्चालन गर्ने जनाएको हो।
परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमा नै सञ्चालन हुने विश्वविद्यालयले स्पष्ट पारेको छ। संशोधित परीक्षा तालिका सम्बन्धित परीक्षार्थी तथा सरोकारवालालाई जानकारी गराइएको छ।
यसैगरी, स्नातकोत्तर तहका परीक्षा भने यसअघि प्रकाशित तालिकाअनुसार नै सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेयद्वारा जारी सूचनामा प्राकृतिक प्रकोपबाट सिर्जित विषम परिस्थितिका कारण परीक्षा स्थगित गर्नुपरेको जनाइएको छ।
