Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सम्पन्न : पिस पोइन्ट विजेता, बुढानीलकण्ठ उपविजेता

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सम्पन्न : पिस पोइन्ट विजेता, बुढानीलकण्ठ उपविजेता

  • 222
    SHARES

  • प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सम्पन्न : पिस पोइन्ट विजेता, बुढानीलकण्ठ उपविजेता

    काठमाडौँ, भदौ २८ गते । प्याब्सन कप–२०८३ दोस्रो यू–१६ पाँच अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। गत भदौ २४ गते देखि २७ सम्म भएको उक्त प्रतियोगिताको उपाधि पिस पोइन्ट बोर्डिङ स्कुलले जितेको छ।

    प्रतियोगितामा बुढानीलकण्ठ पाठशाला प्रथम उपविजेता तथा काठमाडौँ लोक शिक्षण स्कुल द्वितीय उपविजेता बनेका छन्। विद्यालय तहमा फुटसल खेलको विकास, विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

    IMG-20260912-WA0100~2.jpg

    IMG-20260912-WA0086~2.jpgप्रतियोगितामा पिस पोइन्टका विवेक बोहरा उत्कृष्ट गोलकिपर, सोही विद्यालयका असिम सुवेदी सर्वाधिक गोलकर्ता तथा अर्जुन कडायत उत्कृष्ट खेलाडी घोषित भए। बुढानीलकण्ठ पाठशालाका विराट खड्का उदीयमान खेलाडी घोषित भए।

    IMG-20260912-WA0158~2.jpg

    विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेता टोलीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ट्रफी तथा मेडलबाट सम्मान गरिएको थियो।

    IMG-20260912-WA0142~2.jpg

    प्रतियोगिताको समापन समारोह प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्टको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्याब्सन काठमाडौँ  जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, सचीव कृष्ण भण्डारी काठमाडौँ महानगर अध्यक्ष गगनसिंह ऐरल, काठमाडौ जिल्ला सहसचिव अनिल सुब्बा गायत प्याब्सनका पदाधिकारी, विद्यालय प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कान्जिरोवा नेसनल स्कुलका एजुकेटिभ डाइरेक्टर महेन्द्र खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्याब्सन काठमाडौँका सचिव आरसी भट्टले गरेका थिए।

    IMG-20260912-WA0167~2.jpg

    प्रमुख अतिथि कृष्ण अधिकारीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताए। उनले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

    IMG-20260912-WA0132~2.jpg

    अधिकारीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीलाई बधाई दिँदै खेलकुदमा जित–हारभन्दा पनि मेहनत, अनुशासन, खेलभावना र सिकाइ महत्वपूर्ण हुने बताए।

    सभापति नवराज भट्टले विद्यार्थीको प्रतिभा पहिचान र विकाससँगै विद्यालयस्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण पक्ष भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने धारणा व्यक्त गरे।

    IMG-20260912-WA0170~2.jpg

    भट्टले प्रतियोगिताले विद्यार्थीबीच मित्रता, सहकार्य, अनुशासन र पारस्परिक सम्मानको भावना विकास गर्न योगदान पुर्‍याएको बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक, रेफ्री, प्राविधिक टोली, प्रायोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।

    IMG-20260914-WA0004~2.jpg

    प्रतियोगिताको व्यवस्थापन प्रोग्रेसिभ एजुकेसनल फोरम (पीईएफ) को व्यवस्थापन समितिले गरेको थियो। प्याब्सन काठमाडौँ जिल्ला समिति, प्याब्सन काठमाडौँ महानगर समिति तथा कान्जिरोवा नेसनल स्कुललगायत विभिन्न संस्था र व्यक्तिको सहयोगमा प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ।

    IMG-20260914-WA0001~2.jpg

    आयोजकका अनुसार प्रतियोगिता केवल जित–हारमा सीमित नभई विद्यार्थीमा खेलभावना, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने महत्वपूर्ण माध्यम बनेको छ। साथै, विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकासमा समेत प्रतियोगिताले योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

    IMG-20260914-WA0005.jpgIMG-20260914-WA0002.jpg

    images
    सोमवार, भाद्र २९ २०८३०७:४१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार