Oct 02 2026 | २०८३, आश्विन १६ गते

३४ आंगिक क्याम्पसको नियमित अनुगमनदेखि ८२ उजुरी छानबिनसम्म, निर्देशनालयले अघि सार्‍यो सुधारका विभिन्न प्रस्ताव

त्रिवि अनुगमन निर्देशनालय सक्रिय, शैक्षिक र प्रशासनिक सुधारका लागि सुझाव

त्रिवि अनुगमन निर्देशनालय सक्रिय, शैक्षिक र प्रशासनिक सुधारका लागि सुझाव

  • 227
    SHARES

  • त्रिवि अनुगमन निर्देशनालय सक्रिय, शैक्षिक र प्रशासनिक सुधारका लागि सुझाव

    त्यस्तै, योग्यता परीक्षा लिएर मात्र विश्वविद्यालयमा अध्यापन गर्ने स्वीकृति प्रदान गर्ने, न्यून कक्षाभार भएका शिक्षकलाई कक्षाभार भएका क्याम्पस तथा निकायमा स्थानान्तरण गर्ने र अनुसन्धान केन्द्रलाई पुनर्संरचनामा लैजाने प्रस्ताव अघि सारिएको छ। अनावश्यक आंशिक शिक्षक राख्ने प्रवृत्तिको अन्त्य तथा अतिरिक्त कक्षा पढाएबापतको भुक्तानीमा एकरूपता कायम गर्न निर्देशनालयले सुझाव दिएको छ।

    सबै क्याम्पस तथा केन्द्रीय विभागलाई गुणस्तर प्रत्यायन प्रक्रियामा लैजानुपर्नेमा जोड दिँदै निर्देशनालयले परीक्षा नियन्त्रण कार्यालय बल्खुको थप स्तरोन्नति गर्न प्रस्ताव गरेको छ। विभिन्न अध्ययन संस्थान तथा संकायबाट हुँदै आएका परीक्षासम्बन्धी कार्यलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि दिइएको छ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुगमन निर्देशनालयका सुझाव कार्यान्वयनयोग्य रहेको बताए। उनले आवश्यक सुझावलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै निर्देशनालयलाई त्रुटि तथा कमजोरी औँल्याउनुका साथै रचनात्मक सुझाव र सहयोग गर्न आग्रह गरे।

    शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकमा रजिस्ट्रार डा. रविन्द्र शिवाकोटी, विभिन्न अध्ययन संस्थान तथा संकायका डीन, उपकुलपतिका सल्लाहकार, अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. यमबहादुर गुरुङ, उपनिर्देशक तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार