मंगलवार, आश्विन १३ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले काठमाडौं महानगरपालिका–२५, क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा सल्लाहकार झाले विद्यालयका शैक्षिक गतिविधि, भौतिक अवस्था, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ वातावरण तथा समग्र शैक्षिक गतिविधिबारे जानकारी लिएका थिए।
विद्यालय अवलोकनपछि उनले विद्यालय परिवारसँग शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालयको समग्र प्रगतिका विषयमा अन्तरक्रिया गर्दै आवश्यक सुझाव तथा सल्लाह प्रदान गरेका थिए।
विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न विद्यालयले निरन्तर सुधारका प्रयास अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए।
सल्लाहकार झाको स्थलगत भ्रमण तथा अन्तरक्रियाले विद्यालय परिवारलाई थप उत्साहित र जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको विद्यालयले जनाएको छ।
विद्यालयको प्रगति र समुन्नत शैक्षिक वातावरण निर्माणका लागि यस्ता स्थलगत निरीक्षण, अन्तरक्रिया तथा मार्गदर्शनले विद्यालयको आगामी योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।