Nov 19 2026 | २०८३, मंसिर ४ गते

चाडपर्वको खुसीसँगै एकताको सन्देश, एपेन सुदूरपश्चिमको शुभकामना कार्यक्रम सम्पन्न

चाडपर्वको खुसीसँगै एकताको सन्देश, एपेन सुदूरपश्चिमको शुभकामना कार्यक्रम सम्पन्न

  • 301
    SHARES

  • चाडपर्वको खुसीसँगै एकताको सन्देश, एपेन सुदूरपश्चिमको शुभकामना कार्यक्रम सम्पन्न

    धनगढी, असोज २५। एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (एपेन) सुदूरपश्चिम प्रदेशको आयोजनामा शुभकामना आदानप्रदान तथा सामूहिक भोजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशभरिका एपेनमा आबद्ध विद्यालयका सञ्चालक तथा शिक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

    दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले एकअर्कालाई पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएका थिए।

    कार्यक्रमको सभापतित्व एपेन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष निर्मल शाहले गर्नुभएको थियो। शिक्षा महाशाखाका आईटी इन्जिनियर भोजराज बोहरा प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका शाखा प्रमुख लक्ष्मण दयाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    कार्यक्रममा मिठो नेपाली खानासहित सामूहिक भोजन गर्दै सहभागीहरूले चाडपर्वको खुसी साटासाट गरेका थिए। कार्यक्रममा विद्यालयका सञ्चालक तथा शिक्षाकर्मीबीच आत्मीयता बढाउने, आपसी सम्बन्ध विस्तार गर्ने र शैक्षिक क्षेत्रमा सहकार्यको वातावरण बलियो बनाउने विषयले प्राथमिकता पाएको थियो।

    प्रारम्भिक बालशिक्षामा आबद्ध विद्यालय तथा शिक्षाकर्मीलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले संस्थागत एकता र पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। एपेन सुदूरपश्चिम प्रदेशको यस कार्यक्रमले चाडपर्वको उल्लाससँगै शैक्षिक क्षेत्रका सरोकारवालाबीच एकता, सद्भाव र सहकार्यको सन्देश प्रवाह गरेको छ।

    images
    सोमवार, आश्विन २६ २०८३०१:४२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार