Nov 19 2026 | २०८३, मंसिर ४ गते

विद्यालयका फोटो, भिडियो र सामग्री राजनीतिक स्वार्थमा प्रयोग नगर्न अमर ज्योति माविको आग्रह

विद्यालयका फोटो, भिडियो र सामग्री राजनीतिक स्वार्थमा प्रयोग नगर्न अमर ज्योति माविको आग्रह

  • 191
    SHARES

  • विद्यालयका फोटो, भिडियो र सामग्री राजनीतिक स्वार्थमा प्रयोग नगर्न अमर ज्योति माविको आग्रह

    विद्यालयले प्रेस नोट जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि तथा सामग्रीलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको भन्ने जानकारी अभिभावकबाट प्राप्त भएको जनाएको छ।

    विद्यालयले आफ्नो ऐतिहासिक पहिचान र वर्तमान अवस्थासम्म आइपुग्न सरकार, विभिन्न संघसंस्था, राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थी, पूर्वशिक्षक, पूर्वविद्यार्थी, चन्दादाता तथा शुभचिन्तकहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गराएको छ।

    विद्यालय परिवारले सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयसँग सम्बन्धित फोटो, भिडियो, शैक्षिक गतिविधि तथा भौतिक सामग्रीलाई व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबैमा हार्दिक अपिल गरेको छ।

    प्रधानाध्यापक माधव राज देवकोटाद्वारा जारी प्रेस नोटमा विद्यालयको गरिमा, पहिचान र शैक्षिक गतिविधिको मर्यादा कायम राख्नसमेत सबै सरोकारवालालाई आग्रह गरिएको छ।

    FB_IMG_1793665496989.jpg

    images
    मंगलवार, कार्तिक १८ २०८३०६:०८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार