Nov 19 2026 | २०८३, मंसिर ४ गते

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

  • 429
    SHARES

  • राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

    १७ कात्तिक, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

    मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले केन्द्र स्थापनासम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

    विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उहाँको नाममा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो। यस केन्द्रमार्फत संस्कृत वाङ्मयको अध्ययन, अनुसन्धान र नवप्रवर्तनका गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वविद्यालयको लक्ष्य छ। यसैगरी, विश्वविद्यालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थान र यसअन्तर्गतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य योजनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ।

    त्यस्तै, जडीबुटी प्रशोधन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा जनस्तरमा स्वस्थ आहारविहारसम्बन्धी ज्ञान विस्तार गर्ने कार्यक्रमसमेत अघि बढाइने योजना रहेको विश्वविद्यालयले जनाएको छ।

    images
    मंगलवार, कार्तिक १८ २०८३०७:२१:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार