Nov 19 2026 | २०८३, मंसिर ४ गते

श्री नवीन ज्योति इङ्लिस स्कुलको खेलकुद सप्ताह–२०८३ सुरु

श्री नवीन ज्योति इङ्लिस स्कुलको खेलकुद सप्ताह–२०८३ सुरु

  • 489
    SHARES

  • श्री नवीन ज्योति इङ्लिस स्कुलको खेलकुद सप्ताह–२०८३ सुरु

    काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–भिमढुङ्गास्थित श्री नवीन ज्योति इङ्लिस स्कुलले खेलकुद सप्ताह–२०८३ औपचारिक रूपमा शुभारम्भ गरेको छ। प्रमुख अतिथि सुरज कुमार पोखरेलले खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको हो।

    FB_IMG_1793707750771.jpg

    कात्तिक १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा बास्केटबल, भलिबल, फुटसल, टेबलटेनिस, डोरी तान्ने, दौड, चेस, क्यारमबोर्ड, लङजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रोलगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ।

    उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीले खेलकुदमा उत्साहपूर्वक सहभागी हुँदै स्वस्थ प्रतिस्पर्धा र खेल भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

    FB_IMG_1793707744874.jpg

    विद्यालयका प्रधानाध्यापक सुरेश महतोले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो। उहाँका अनुसार खेलकुदले विद्यार्थीमा सहकार्य, आपसी सम्मान, अनुशासन र सामूहिक भावनाको विकास गर्न सहयोग पुर्‍याउँछ।

    खेलकुद सप्ताहले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पुर्‍याउने विद्यालयको विश्वास छ।

    images
    मंगलवार, कार्तिक १८ २०८३०८:३२:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार