Jul 27 2026 | २०८३, श्रावण ११ गते

रिसर्च कसरी गर्ने ?

रिसर्च कसरी गर्ने ?

  • 4.4K
    SHARES

  • रिसर्च कसरी गर्ने ?

    C) Research Proposal (नेपाली भाषा)

    By: Prof. Dr. Mana Prasad Wagley, Kathmandu University

    (Only for Nepalese)

    Lesson 1 Research Proposal कसरी तयार पार्ने? 

    थेसिसको प्रोपोजल लेख्ने क्रममा केही बिद्यार्थीहरुमा देखिएको तनाव स्वाभाविक हो/ यसलाई तनावको रुपमा ग्रहण नगर्न र निर्माणात्मक प्रक्रियाको रुपमा बुझ्नु उचित हुन्छ/ वास्तवमै यो कठिन कार्य हो तर जब तपाईं आफ्नो प्रोपोजलमा सफल हुनुहुन्छ तपाइंको थेसिसको झन्डै ५० प्रतिशत काम फत्ते भएको महशुस गर्नु हुनेछ/ प्रोपोजल तयार पार्दा धेरैलाई के मा रिसर्च गर्ने भन्ने नै टाउको दुखाइ हुन्छ/ जुन क्षेत्रमा आफ्नो बलियो पकड छ त्यसैलाई पकड्न सक्नु भयो भने Topic पत्ता लगाउन सजिलो हुन्छ/ यदि तपाईं माध्यमिक बिद्यालयमा बिज्ञान पढाउनु हुन्छ भने तपाइंको Topic माध्यमिक विद्यालयको बिज्ञान संग सम्बन्धित समस्यामा आधारित गराउन सके तनाव स्वाट्टै घट्न सक्छ/ त्यसपछि कुन समस्या लिने भन्नेमा जानोस/ पाठ्यक्रम पाठ्यपुस्तक वा शिक्षण सिकाइ वा मूल्यांकन वा कक्षा व्यवस्थापन वा तपाइले महशुस गर्नु भएका अन्य कुनै समस्या/ त्यसपछि तपाइंको थेसिसले उक्त समस्यामा अनुसन्धान गरेर कस्ता कस्ता प्रश्नको उत्तर खोजेको हो बिचार गर्नुहोस/ ती प्रश्ननै तपाइंको Research question हुन्/ उदाहरणको लागि यदि तपाइँ माध्यमिक तहको बिज्ञान बिषयमा किन बिद्यार्थी बढी असफल हुन्छन भन्ने पत्ता लगाउन चाहनु हुन्छ भने तपाइको एउटा Research question " What are the reasons behind students' failure in secondary school science subject?" हुन सक्छ/ यो quantitative research को नमुना भयो/ Qualitative गर्नु हुन्छ भने त्यसैलाई अलि परिमार्जन गरेर बिज्ञान बिषय प्रति विद्यार्थीले आफ्नो धारणा कस्तो बनाएका रहेछन त भनेर "How do students perceive the learning of science in secondary schools?" भनेर अगाडि बढ्न सक्नु हुन्छ/ (क्रमस:)

    Lesson 2 How to write a topic of research?

     आज फेरी topic कै बारेमा कुरा गरौँ/ हिजो हामीले topic छान्ने बारे केही भनेका थियौं/ सकभर आफ्नो रुची र लगाव भएको टपिक छान्दा राम्रो भनेर/ अर्को एउटा उदाहरण लिउँ है/ यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समुहका बारेमा किन उनीहरु अरुको तुलनामा कम्जोर भए भन्ने अनुसन्धानमा रुची राख्नुहुन्छ भने तपाइंको topic के होला? एउटा यस्तो हुन सक्छ "Meaning of education to the marginalized group: An ethnography of Raute in Nepal" यो उदाहरण यहाँ किन ल्याइएको हो भने topic मा के के कुरा उल्लेख भए राम्रो होला भनेर हो/ जस्तो यो topic ले marginalized group को शिक्षामा एउटा ethnography गर्छु भन्छ र त्यसको location नेपाल देखाउंछ/ अर्थात मूल बिषय (marginalized group को शिक्षा ) + अनुसन्धान बिधि (ethnography) + स्थान (नेपाल)/ Topic मा यसरीनै ३ वटा कुरा प्रष्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनु पर्दैन/ यसैमा अरु बिधि पनि लागू गर्न सकिन्छ/ तपाईं case study पनि गर्न सक्नु हुन्छ/ यो qualitative research title को नमुना हो/ Quantitative गर्नु पर्दा topic मा Independent variable+dependent variable +method + location खुलाउँदा राम्रो/ जस्तो "Factors influencing education of the marginalized group:A survey of Raute in Nepal". अब तपाईंलाइ एउटा homework दिन्छु/

    Please write three research questions on this topic.अर्को पाठमा हामी यसका बारे छलफल गर्नेछौं/ (क्रमस:)

    Lesson 3 Research question

    हिजोको छलफलमा हामीले topic कसरी लेख्ने भन्ने बारे केहि भन्यौं/ बास्तवमा टपिक भनेकै तपाइंको Research Problem हो / हिजोको topic मा Mr. XX र Ms. YY ले quantitative research को लागि बनाउनु भएको research questions को लागि धेरै धेरै धन्यबाद/ दुबैको प्रश्नमा अनुसन्धानको दम छ/ Qualitative research का लागि भने बेग्लै research question बनाउनु जरुरी हुन्छ/ किनभने quantitative research ले बाहिर समाजमा जे छ त्यो नै सत्य मानेको हुन्छ भने qualitative research ले मानिसका भावना, विचार, सोचाइ फरक फरक हुने हुनाले सत्य एउटै हुन सक्दैन र फरक मान्छेका लागि सत्य पनि फरक हुन्छ भन्ने बिस्वास गर्छ/ बास्तवमा research question भनेको तपाइंले छान्नु भएको topic ले कस्तो उत्तरको अपेक्षा गर्छ र त्यसले अहिले भैरहेको ज्ञान मा के नयाँ कुरा थप्न चाहन्छ भन्ने संकेत हो / त्यसैले research question एकदम प्रष्ट, विशिष्ट, र समस्या संग प्रत्यक्ष गाँसिएको हुनु जरुरी छ/ त्यसैले हिजोको topic "Meaning of education to the marginalized group: An ethnography of Raute in Nepal" मै qualitative research को यस्तो research question हुन सक्छ/ तर यो भन्दा फरक हुनु हुँदैन भनेको चाहिं होइन है/ यो एउटा Example मात्रै हो ;

    1. How do Raute people construct the meaning of "Education"?

    2. How do they relate the meaning of "Education" to their cultural context?

    3. What value of "Education" do they see in their daily life?

    अब तपाईं पनि एउटा research problem बिचार गर्नुस, त्यसैमा एउटा topic बनाऊनुस र research question लेख्ने अभ्यास गर्नुस/ संका लागे मलाइ लेखी पठाउनुस फेरी छलफल गर्न सकिन्छ/ (क्रमस:)

    Lesson 4  Introduction Chapter

    Lesson 3 मा हामीले research questions बारे छलफल गर्यौं/ अब Introduction Chapter कसरी लेख्ने भन्नेमा छलफल गरौँ/ यो Chapter ले खास गरी तपाईंको अनुसन्धान समस्यालाई परिचय दिने काम गर्दछ/ पाठकले के थाहा पाउनु जरुरी हुन्छ भने तपाइंको अनुसन्धान को मुख्य एजेन्डा के हो (General Introduction), तपाइंले प्रयोग गर्नु भएका terminology ले के अर्थ राख्छ; topic ले भन्न खोजेको कुरा के हो; topic को संग सम्बन्धित छ; उनीहरुको अहिलेको अवस्था कस्तो छ; उनीहरुको अवस्था बारे मुलत: कस्तो कुरा उठिरहेको छ; आदि = (Background); किन तपाइंलाई त्यही अनुसन्धान गर्नु पर्यो? = (Rationale); त्यो अनुसन्धानले कस्तो knowledge को अपेक्षा गर्छ? =(Purpose and Research Questions); तपाइंले छान्नु भएको टपिक र research questions त्यस क्षेत्रको कस्तो knowledge gap बाट तानिएका हुन्? = (Statement of the Problem); तपाइंको अनुसन्धान ले उक्त टपिक अन्तर्गत कति मात्रै अध्ययन गर्न सक्छ? = (Delimitation) / Chapter को अन्तमा एउटा Summary लेख्दा राम्रो हुन्छ जसले तपाइंको Introduction Chapterमा मुख्य रुपमा छलफल भएका बिषयबस्तुलाइ सारमा उल्लेख गर्छ/ तपाइंले Background ५०० शब्दको, Rationale ३०० शब्दको, Purpose २ वाक्यमा , Statement of the Problem २०० शब्दमा, Research Questions ३ वटा, र Delimitation २०० शब्दमा लेख्ने प्रयास गरे पुग्छ, धेरै लामो लेख्नु जरुरी छैन/ तर एउटा कुरा के बिचार गर्नु जरुरी छ भने Literature Review दोस्रो Chapter मा लेख्ने भएता पनि, Literature Review तपाइको पहिलो काम हुन्छ/ Literature Review नगरी knowledge gap थाहा हुँदैन र यो थाहा नपाइ न त topic नै छान्न सकिन्छ, न त Statement of the Problem र research questions नै बनाउन सकिन्छ/ (क्रमस:)

    Lesson 5 Literature Review

    गएको ४ वटा खण्डमा हामीले मोटामोटी रुपमा Introduction Chapter कसरी लेख्ने भन्ने बारे कुरा गर्यौं / आज Literature Review बारे केही कुरा गरौँ/ खासगरी थेसिस लेख्नेहरुका लागि यो खण्ड एकदमै महत्वपूर्ण छ/ Literature Review बाट प्राप्त गरेकै ज्ञानको आधारमा सम्पूर्ण थेसिसमा सकारात्मक बल प्राप्त हुन्छ/ पुस्तक, जर्नल, थेसिस, शिलालेख, डायरी, नीतिगत दस्ताबेज जस्ता लेखोट; मूर्ती, तस्बीर, धार्मिक र सांस्कृतिक महत्वका बस्तुहरु जस्ता artifacts; भिडिओ, अडियो, जस्ता मिडिया र तपाईंको अनुसन्धान संग सम्बन्धित अन्य कुराहरु Literature Review का लागि सामग्री हुन सक्छन/ सबभन्दा पहिले आफ्नो थेसिससंग सम्बन्धित सामग्री पहिल्याउनु पर्ने हुन्छ र त्यसलाई राम्रो संग अध्ययन गर्नु पर्छ/ अध्ययन गर्दै जाँदा तपाइंको थेसिस संग मिल्ने कुराहरु वा तपाईंको थेसिसलाइ सहयोग पुग्ने कुराहरु नोट गर्ने गर्नु पर्छ/ नोट गर्दा दुइवटा कुरामा ध्यान दिनुहोस

    १. घत लाग्दा र साना साना बाक्यहरु हुबहु सारेर inverted coma भित्र राखी त्यो कुन स्रोतबाट झिकिएको हो पेज नम्बर सहित कोष्ठमा वा फुटनोटमा जनाउनु पर्ने हुन्छ/

    २. धेरै लामा परिच्छेदहरु हुबहु सार्न मिल्दैन/ त्यस्ता परिच्छेदहरु हुबहु सारेको पाइएमा त्यसलाई plagiarism अर्थात् बौद्धिक चोरी गरेको ठहरिन्छ र तपाइंको थेसिस अस्वीकृत गरिन्छ/ त्यसैले त्यस्ता परिच्छेद आफैंले पढ्ने, अर्थ बुझ्ने अनि आफ्नै किसिमले लेख्ने गर्नु पर्दछ जसलाई paraphrasing भनिन्छ/ paraphrasing गर्दा पनि कोष्ठमा वा फुटनोट मा उक्त सामग्री कहाँ बाट प्राप्त भएको हो वा कसले लेखेको हो भन्ने कुरा उल्लेख गर्नु पर्छ/ अर्को lesson मा हामी Literature Review गर्दा के के गर्ने र कसरी गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछौं/ (क्रमस:)

    Lesson 6 Literature Review continued...

    अगिल्लो पाठमा हामीले Literature Review का बारेमा परिचय लिने काम गर्यौं/ आज हामी Literature Review मा के के Review गर्ने भनेर छलफल गर्नेछौं/ खासगरी Literature Review मा ४ किसिमका Literature खोजेर Review गर्ने गरिन्छ/ ती हुन्

    १. Thematic Review: तपाइंको topic संग मेल खाने कुनै पनि बिषय बस्तु यसमा पर्दछन/ कुनै किताब, अनुसन्धानात्मक प्रकाशन, थेसिस, पिरियाडीकल्स जस्ता आफ्नो research problem र research questions संग मेल खाने (प्रत्यक्ष वा अप्रत्यक्ष) सामग्रीहरु तपाईंले Review गर्नु पर्ने हुन्छ/

    २. Theoretical Review: खास गरी social science मा थेसिस लेख्नेहरुले कुनै न कुनै social theory को सहयोग लिने गर्छन/ यसो भनेको के हो भने तपाईं आफ्नो thesis लाइ कुन theory को आँखा बाट हेर्नु हुन्छ वा ब्याख्या गर्न चाहनु हुन्छ भन्ने हो/ जसलाई तपाइंको theoretical perspective पनि भन्ने गरिन्छ/ Theory नभई thesis बन्ने कुरै भएन किनभने थेसिस भनेकै भएका theory हरुमा नयाँ ज्ञान थप्नु हो वा नयाँ theory निर्माण गर्नु हो/

    ३. Empirical Review: यो भनेको तपाइंको thesis संग मिल्ने खालको research यस अगि अरु कसैले गरेको हुन सक्छ/ चाहे त्यो थेसिस को रुपमा होस् वा कुनै जर्नल आर्टिकल को रुपमा/ त्यो नेपालकै हुनुपर्छ भन्ने जरुरी छैन/ त्यस्ता previous research हरुले तपाइंले रोज्नु भएको अनुसन्धानको समस्याका बारेमा के भनेका रहेछन त? त्यो कुरा Literature Review मा अत्यन्तै आवस्यक ठानिन्छ/

    ४. Policy Review: कुनै पनि देशका आफ्ना नियम कानून हुन्छन/ तपाइंको थेसिस संग सम्बन्धित पक्षमा आफ्नो देश र अन्तर्राष्ट्रीय कानूनमा केही policy, rules and regulations तय गरिएका हुन्छन नै/ थेसिस ले त्यस्ता नियम कानूनको बारेमा तपाइंको ध्यान आकृष्ट गर्ने गर्छ/ तपाइंले आफू त्यसमा सुसूचित छु भन्ने प्रमाणको रूपमा त्यस्ता document हरु खोजी Review गर्नु पर्ने हुन्छ/ अर्को lesson मा Literature Review का लागि प्राप्त document हरु कसरी Review गर्ने भन्ने बारे छलफल गरिनेछ/ (क्रमस:)/

    Lesson 7 Literature Review 3 continued...

    आज हामी Literature Review गर्दा के के कुरामा बिचार पुर्याउनु पर्छ र नोट गर्दा कसरी गर्ने भन्ने बारेमा चर्चा गर्नेछौं/

    १. सबैभन्दा पहिला thematic review का बारेमा भनौं/ तपाइंले फेला पार्नु भएका पुस्तक वा अन्य कुनै छापा वा विद्युतीय सामग्री तपाइंको अनुसन्धान संग मेल खान्छ की खाँदैन भन्ने कुरा कसरी थाहा पाउने? सबभन्दा पहिला तपाईं आफ्नो research topic भित्र के कस्ता key words छन् हेर्नुहोस; key words ले माग गरेका अन्य सहायक शब्द हरुको एउटा सुची बनाउनोस/ उदाहरणको लागि हाम्रो research topic "The level of knowledge management in teachers: a survey of Higher Education Institutions in Kathmandu" भन्ने छ भने तपाइले मुख्य रुपमा knowledge, management, and higher education teachers लाइ मुख्य खोजी को बिषय बनाउनु पर्यो/ फेरी ती शब्दहरुलाई समेट्ने सहायक शब्द पनि काम लाग्ने हुन सक्छन/ जस्तो types of knowledge, knowledge acquisition, knowledge utilization, knowledge products, knowledge economy etc. त्यसैले अब Literature को खोजी गर्दा यस्ता शब्दहरु भएका Literature काम लाग्ने हुन सक्छन भनेर बिचार गर्नु राम्रो हुनेछ/ जुन जुन Literature मा यी शब्दहरु को प्रयोग भएको भेट्टाउनु हुन्छ ती Literature तपाइका लागि उपयुक्त हुने भए/ त्यसपछि प्राप्त literature अध्ययन गर्नु होस् र नोट गर्नु होस्/ नोट गर्दा खासगरी यसमा तपाइंको topic लाई प्रष्ट पार्ने, तपाइलाइ भोली defense गर्न सघाउ पुग्ने र भोली तथ्यांक वा सुचना संकलन गरीसकेपछि त्यसमा थप गर्न सकिने कुराहरु मात्र नोट गर्नु होस्/ एउटा कुरा ख्याल गर्नुहोस की त्यसरी नोट गर्दा कुन किताब बाट, कहिले प्रकाशित भएको, कसले लेखेको, कसको प्रकाशन र कुन मितिको प्रकाशन हो त्यो पनि नोट गर्दै जानुहोला/ नत्र पछि thesis तयार भैसकेपछि फेरी त्यो बिवरण कता पुगिसकेको हुन्छ reference list तयार पार्न कठिनाइ पर्छ/

    २. त्यस्तै दोश्रो प्रकारको Literature Review भनेको theoretical review हो/ तपाइंको अनुसन्धान संग प्रत्यक्ष सरोकार राख्ने theory पहिचान गर्नु पहिलो काम हुनेछ/ त्यपछि त्यो theory भनेको के हो, त्यसले कस्तो दृष्टिकोण राख्छ, त्यसका मुख्य मुख्य दलील हरु के हुन् र किन ती theory वा theories तपाइंको thesis संग सरोकार राख्छ भन्ने कुरा लेख्नु पर्ने हुन्छ/

    ३. तेस्रो Literature भनेको policy review हो/ यस अन्तर्गत तपाइको topic संग मेल खाने राष्ट्रिय वा अन्तर्राष्ट्रिय नियम कानूनको खोजी गर्नु र त्यसको बिवरण छोटकरीमा लेख्नु हो/

    ४. चौथो literature भनेको empirical research review हो/ तपाइंको topic संग मेल खाने खालको अनुसन्धान यस अगि धेरैले गरेका हुन सक्छन / ती अनुसन्धानको खोजी गरेर त्यो कुन पृष्ठभूमिमा, कसले, कतिजनामा, कुन बिधि अपनाएर गरेको रहेछ र त्यसको findings के रहेछ भनेर हेर्नु पर्ने हुन्छ र त्यसको संक्षेपीकरण लेख्नु पर्ने हुन्छ/

    ५. यति गर्दैमा तपाईंको काम पुरा हुँदैन/ अरुका कुरा आफ्नो thesis मा उल्लेख गर्नु मात्र literature review हैन/ त्यसमा आफ्नो तर्क, बादबिबाद र छलफल अनिवार्य हुन्छ/ त्यसैले ४ वटै review मा तपाइंको विचार, छलफल र तपाइंको अनुसन्धान संग गाँस्दै जानुभयो भने मात्र literature review राम्रो मानिन्छ/ (क्रमस:.......)

    Lesson 8 Conceptual Framework

    यस भन्दा अगाडिका ७ खण्डमा हामीले research proposal तयार पार्दा पहिलो दुई chapter Introduction part र Review of Literature part कसरी लेख्ने भन्ने बारेमा परिचय पायौं/ तेस्रो chapter भनेको परम्परागत ढाँचामा Methodology chapter हो/ तर त्यो chapter शुरु गर्नु अगि तपाईंको आफ्नो research कसरी अगाडि बढ्छ र research questions को answer कसरी प्राप्त हुन्छ भन्ने बारेमा स्पष्ट हुनु जरुरी छ/ तपाइंले दोस्रो chapter मा गर्नु भएको theoretical review र तेस्रो chapter मा गर्नु हुने methodological process लाइ कसरी तपाईंका variables/research problem संग सम्बन्धित बनाएर अगाडि बढाउँदा तपाइंले आसा गर्नु भएको output निस्कन्छ भन्ने सोच र त्यसको ब्याख्या वा चार्ट नै conceptual framework हो/ यसमा तपाईंले ३ कुरा बिचार गर्नु पर्यो/

    १. तपाइंको theory

    २. तपाईंको methodology र

    ३. तपाइंको output यी तीन कुरालाई तपाईं कसरी संयोजन गरेर अगाडि बढ्नु हुन्छ? भन्ने प्रश्नको जवाफ नै तपाइंको conceptual framework हो/ यसले तपाईंको अनुसन्धानको एउटा रुपरेखा तयार पारिदिन्छ र तपाईं त्यही गोरेटो हुँदै सहज रुपमा आफ्नो गन्तव्यमा पुग्न सफल हुनुहुन्छ/ यसलाई तपाइंको research को एउटा मानसिक चित्रण भन्दा पनि फरक पर्दैन जसले तपाईंलाइ प्रशस्त मार्ग निर्देश गर्छ/ यसलाई अझ स्पष्ट पार्न Monash University को यो उदाहरणले तपाइंलाई मद्दत गर्छ/

    http://www.monash.edu.au/lls/hdr/design/2.2.1.html (क्रमस:)

    Lesson 9 Quantitative र Qualitative Research मा फरक

    Methodology chapter सुरु गर्नु अगि तपाईं कुन प्रकारको अनुसन्धान गर्न चाहनु हुन्छ भन्ने बारेमा थाहा पाउनु जरुरी छ/ Quantitative की Qualitative ? फरक के छ त ?

    Quantitative Research

    अङ्क कै गणना गर्छ कि चित्र तालिका बरु मापन अङ्क कै हुन्छ मान्दैन बिचार अरु जे छ त्यो नै हो सत्य अन्य कुरा नकार्दछ तथ्यांकले जे नै भन्छ त्यही मात्र सकार्दछ बस्तुगत ज्ञानमा लिप्त सत्य एक छ आखिर सत्यता खोज्न निस्कन्छ मापन गर्न खातिर तथ्यांक शास्त्रीय बिज्ञ थिच्दै मेसिन दंग छ दुनियाँ हाँकदछ हेर आविष्कार अनन्य छ

    Qualitative Research

    बिचार विमर्श गर्छ कि त्यो गहन छलफल जे निस्कन्छ बिचार त्यो मान्दछ है अत्युत्तम मानिस मानिस बीच बिचार फरक निरन्तर स्वाभाविक स्थिति भित्रै ज्ञान लिन्छ शिरोपर बिषयगत ज्ञानमा लिप्त बिचार बोक्छ आखिर सत्यता एकमा होइन अनेक खोज्न खातिर स्थिति मामिला बुझ्छ ब्याख्या सोही अनुरुप जस्ताको तस्तैनै बुन्छ धारणा सोच प्रारूप Quantitative Counting numbers making figures Data demand stat measures What you see is exact picture Nothing beyond that is real Mean median variance and mode Correlation t test Anova more Reality is out there single it out Knowledge is objective find it out Do you know what this on earth It is nothing but Quan research Qualitative Thinking perception ideas more Meet human subjects and explore Value bound and holistic focus Theories evolved in naturalistic locus Understanding human interpretations Reality change in perception Biography case study ethnography Phenomenology and grounded theory Do you know what this on earth It is nothing but Qual research

    Lesson 10 Methodology

    Methodology भन्नाले अनुसन्धान बिधि मात्र नभई त्यो भन्दा अलि बढी कुरा जनाउँछ/ त्यसैले Methodology र Method मा फरक छ/ Methodology भन्नाले तपाइंको thesis को बैज्ञानिक र सैद्धान्तिक पक्ष बुझिन्छ भने Method भन्नाले field work कसरी गर्ने, sample कसरी छनोट गर्ने र विश्लेषण कसरी गर्ने भन्ने मात्र बुझिन्छ/ यसरी हेर्दा Method भनेको Methodology को एउटा भाग मात्र मान्न सकिन्छ/ Methodology मा तपाइंले ४ वटा मुख्य भाग लेख्नु पर्ने हुन्छ/ ती हुन्:

    १. सैद्धान्तिक पक्ष: यसलाई कसैले philosophical premise पनि भन्दछन/ जस अन्तर्गत सत्य (truth) लाइ हेर्ने तपाइंको दृष्टिकोण के हो? अर्थात तपाइंको ontology के हो? तपाइंको विश्वासमा ज्ञानको सृजना कसरी हुन्छ? अर्थात तपाइंको epistemology के हो ? यी दुइ कुरामा प्रष्ट नभई तपाइंको Methodology अगाडि बढ्दैन/ किनभने तपाईं बाहीर जे छ त्यो नै सत्य मान्नु हुन्छ अनि ज्ञान मापन गर्न सकिन्छ भन्ने बिश्वास गर्नु हुन्छ भने तपाइंको thesis quantitative हुन्छ / तर सत्य एउटै हुँदैन यो त मानिसका बिचार र बुझाइ अनुसार फरक फरक हुन्छ भन्ने बिश्वास तपाइंको हो र ज्ञानको निर्माण बिषयगत हुन्छ भन्ने कुरा बिश्वास गर्नु हुन्छ भने तपाइंको thesis qualitative हो भन्ने बुझ्न सकिन्छ/ त्यस्तै sample मा लिइएको तथ्यांकले जे देखाउंछ त्यो population मा हुबहु लागु गर्न सकिन्छ वा सामान्यीकरण गर्न सकिन्छ भन्ने तपाइंको विश्वास हो भने तपाईं quantitative research गर्दै हुनुहुन्छ जहाँ फरक बिचारको गुञ्जायस रहन्न/ अर्थात् तपाइंको thesis value free हुन्छ/ तर आफ्ना informants संग लिइएको सूचनाहरु सामान्यीकरण का लागि नभई प्रत्येकका बिचारलाई महत्व दिंदै व्याख्यात्मक प्रस्तुती गर्ने र जे देखिन्छ त्यसलाई informants कै विचारका रुपमा thesis तयार पार्न चाहनु हुन्छ भने त्यो value laden हुन्छ र तपाइंको thesis qualitative प्रकृतिको बन्छ/

    २. बिधि पक्ष: यसमा तपाइंले आफ्नो अनुसन्धान ढांचा, अनुसन्धानको प्रकार (qualitative की quantitative), तपाइंको population and sample (quantitative भए) अनि तपाइंको informants (qualitative भए), सूचना वा तथ्यांक संकलनका लागि tools के के, कसरी सूचना वा तथ्यांक सकलन गर्ने हो, र त्यसको विश्लेषण कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नु पर्छ/ Quantitative भए representative sample र randomeness आवस्यक पर्छ भने qualitative भए सानो समूह वा व्यक्तिमै पनि अध्ययन गर्न सकिन्छ/

    ३. गुणात्मकता अर्थात quality standard: तपाईंको thesis गुणस्तरको छ र त्यसमा शंका गर्नु पर्दैन भन्ने प्रमाण के हो त्? कसरी तपाइंको thesis ले त्यस्ता अविश्वासका पाटाहरुलाई पाखा लगाउने काम गरेको छ त? तपाइले त्यस्तो बिस्वास जगाउन के के काम गर्नु भयो त्? जस्ता प्रश्नको उत्तर यसमा आवस्यक पर्छ/

    ४. नैतिकता/निस्पक्षता वा Ethical concerns: तपाइले अनुसन्धानका दौरान गर्नु भएका काम कुराहरुले कतै तपाइंको इमान्दारिता माथि प्रश्न उठाउने त होइनन? तपाईं कसरी अरुले पत्याउने किसिमले आफ्ना research design बनाउनु हुन्छ? उदाहरणका लागि के तपाइंले आफ्नो data का लागि कसैलाई बाध्य पार्नु भएको त् छैन? त्यसो हो भने तपाइंको thesis मा नैतिकताको प्रश्न देखियो/

    Methodology Chapter को यो सामान्य परिचय हो/ यसलाई अर्को lesson मा पुन: प्रष्ट पारिनेछ/ (क्रमस:)…

    Lesson 11 Methodology 2...

    गएको पाठमा हामीले Methodology chapter मा लेखिनु पर्ने ४ महत्वपूर्ण कुराहरुका बारेमा चर्चा गरयौं/ आज तीनै ४ पक्षलाई पून: प्रष्ट्याउने कोशिस गर्दैछु/ सबैभन्दा पहिले तपाइंले आफ्नो position clear गर्नु जरुरी हुन्छ/ त्यो भनेको तपाइंको दृष्टिकोण मा सत्य भनेको के हो? अर्थात तपाइंको Ontology के हो? यसले तपाइंको पूरै research लाइ guide गर्छ/ तपाईं एउटै मात्र सत्यमा बिश्वास गर्नु हुन्छ भने तपाइंको research positivism/post positivism ढाँचाको बन्न पुग्छ र तपाईं quantitative research मार्फत बजारमा उपलब्ध सूचना संकलन गरेर सत्य प्राप्ति तिर लाग्नु हुन्छ/ होइन यदि तपाईं सत्य एउटै हुँदैन यो त बिचार र भावना अनि सामाजिक परिवेश अनुसार फरक फरक हुन्छ भन्ने बिश्वास गर्नु हुन्छ भने तपाइंको research non-positivist ढांचाको बन्न पुग्छ र तपाईं qualitative research मार्फत समाजको स्थिति, मानिसका बिचार र बुझाइ, फरक संस्कृतिका फरक प्रसंग जस्ता सूचना संकलन गर्नु हुन्छ र कसका लागि के सत्य हुन्छ भन्ने कुरा पत्ता लगाउन तिर लाग्नु हुन्छ/ त्यस्तै knowledge लाइ तपाइंले कसरी ब्याख्या गर्नु हुन्छ भन्ने कुराले पनि तपाइंको research लाइ प्रभाव पारेको हुन्छ/ जसलाई तपाइंको Epistemology भनिन्छ/ यदि तपाईं मान्छेमा भएका ज्ञानलाई मापन गर्न सकिन्छ भन्ने बस्तुगत ज्ञानमा बिश्वास गर्नुहुन्छ भने तपाइंको research ले survey को माध्यमबाट वा सूचनाका लागि तयार पारिएका अन्य tool बाट संख्यात्मक तथ्याङ्क संकलन गर्छ / अनि तथ्याङ्कशास्त्रीय बिधि प्रयोग गरेर ज्ञानको मापन गर्न खोज्छ र त्यसलाई ठूलो समूह वा क्षेत्र का लागि त्यही ज्ञानको सामान्यीकरण गर्छ/ होइन तपाईंको बिचारमा ज्ञान मापन गर्ने बिषयनै होइन यो त interaction, discourse, वा कुराकानीका आधारमा जे देखिन्छ त्यहीनै हुन्छ भन्ने बिषयगत ज्ञान अर्थात subjectivity मा बिश्वास गर्नुहुन्छ भने तपाइंको research ले interview, Focus Group Discussion, Observation जस्ता tool को प्रयोग बाट सूचना संकलन गर्छ र त्यसै अनुरुप ज्ञान प्राप्ती तिर अगाडि बढ्छ/ तेस्रो कुरा तपाइंले आफ्नो research को credibility प्रमाणित गर्नु पर्ने हुन्छ/ Quantitative research भए tools को reliability र validity अनि सम्पूर्ण प्रक्रियाको बस्तुनिष्ठता पुष्टि गर्नु पर्छ/ Qualitative research को credibility पुष्टि गर्ने आफ्नै आधारहरु छन्/ यसका बारेमा पछिल्ला lesson मा छलफल गर्दै गरौंला/ चौथो पक्ष भनेको Ethical concern हो/ तपाइंले जुनसुकै research गरे पनि तपाइंको इमान्दारिता आवश्यक पर्छ/ यसमा खासगरी तपाइंको सूचना संकलन कार्य पारदर्शी एबम बिना जोरजबर्जस्ती सम्पन्न भएको प्रमाणित हुनुपर्दछ/ अझ अगाडि भन्नु पर्दा सूचनादाताको स्वेच्छिक स्वीकृती बिना तपाईं सूचना संकलन गर्न सक्नुहुन्न/ अझ तपाइले उनीहरु सित अन्तर्वार्ता वा समूह छलफल गर्नु भएको छ भने त तपाइंले उक्त सूचना विश्लेषण गरिसकेपछि उनीहरु संग भेटेर उनीहरुले भन्न खोजेको र तपाइंले विश्लेषण गरेको कुरो एउटै हो की होइन भनेर बिमर्श समेत गरेर एकिन गर्नु पर्ने हुन्छ/ (क्रमस:….)

    Lesson 12 Methodology 3...

    गएका ११ lesson ले पक्कै पनि proposal लेख्ने कुरामा केही मद्दत भयो नै होला भन्ने आसा गर्दै आजको lesson 12 सुरु गर्दैछु/

    Types of Research Methodology chapter मा अझै धेरै कुरा गर्न बाँकी छ/ हामीले quantitative वा qualitative research का बारेमा धेरै चर्चा गर्यौं/ research को अर्को पक्ष पनि छ त्यो हो Mixed method research/ यसको अर्थ हुन्छ तपाईं आफ्नो थेसिस मा दुवै थरी कुरा मिसाउन चाहनु हुन्छ/ कसैले यसमा पनि quantitative heavy र qualitative कम गर्न रकसैले quantitative कम र qualitative heavy पनि बनाउन सक्छन/ दुबैको उत्तिकै सन्तुलन मिलाएर पनि यस्तो थेसिस लेख्न सकिन्छ/ Mixed Method छान्ने हरुले आफ्नो Research questions design गर्दा नै यसको हेक्का राख्नु पर्ने हुन्छ/ कुन research question quantitative र कुन qualitative data लिने भनेर/ त्यसैले सबैभन्दा पहिले तपाइँ कुन research गर्ने हो टुंगोमा पुग्नु पर्ने हुन्छ/ Mixed method नै गर्ने भए पनि quantitative part मा randomness and/or representativeness भने हुनै पर्छ है/ यदि तपाईं quantitative research गर्न चाहनुहुन्छ भने कुन प्रकारको quantitative हो त्यस तर्फ बिचार गर्नुस/ जस्तो survey, cross sectional, case study के हो त तपाइंले गर्न खोज्नु भएको, त्यसमा स्पष्ट हुनु आवश्यक छ किनभने त्यसले तपाइंको बाँकी काममा सघाउंछ/ त्यस्तै यदि तपाईं qualitative research गर्न चाहनु हुन्छ भने कुन प्रकारको qualitative हो त्यसमा स्पष्ट हुनु जरुरी छ/ जस्तो Ethnography, Phenomenology, Case study,के हो त? यसैले तपाइंको बाँकी काम लाइ एउटा स्पष्ट मार्ग तिर लैजान्छ/

    Unit of analysis तपाइंले जुनसुकै research छनौट गर्नु भए पनि भोली data analysis गर्दा unit of analysis के हो भन्ने कुरा आजै निर्क्यौल गर्नु पर्छ/ Unit of analysis भन्नाले तपाइंको data व्यक्ति प्रधान हो की संस्था प्रधान हो की कुनै समूह बिशेष प्रधान हो भन्ने कुरा ठहर गर्नु हो/ यसले तपाईंको data collection tool र process मा सघाउ पुरयाउँछ/ (क्रमस:…)

    Lesson 13: Positivism and Post-positivism

    भूकम्पका कारण रोकिएको हाम्रो अनुसन्धानात्मक यात्रा पुन: शुरू गरौं/ गएका १२ वटा पाठहरुबाट हामीले research proposal कसरी तयार गर्ने भन्ने बारे संख्यात्मक (quantitative) र गुणात्मक (qualitative) दुबैथरी अनुसन्धानका बारेमा छलफल गर्यों/ आजबाट हामी तीनै दुइथरी अनुसन्धानका गहन बिषयबष्तु भित्र प्रवेश गर्ने प्रयास गर्नेछों/ तपाईंको अनुसन्धानले के कुराको खोजी गर्छ भन्ने कुरा तपाईले कुन सत्य अंगीकार गर्नु हुन्छ (Ontology) भन्ने कुरासंग प्रत्यक्ष सरोकार राख्दछ/ खासगरी प्राकृतिक बिज्ञानलाई आधार बनाएर गरिने अनुसन्धानहरु नामले बैज्ञानिक अनुसन्धान हुन र यिनले बाहिर खोजी गरी सत्य पत्ता लगाउने कोशिस गर्छन/ सामाजिक बिज्ञानमा आधारित अनुसन्धानहरु दुई किसिमले मोडिएका हुन्छन्/ पहिलो उही बैज्ञानिक तरिका तर शास्वत सत्य नभई सत्यको नजिक पुग्ने प्रयास हो भने दोस्रो चाहीं सत्य परिस्थितिपरक हुन्छ र एउटा सत्य सबैको लागि कहिले पनि प्राप्त गर्न सकिंदैन भन्ने बिश्वास/ १. Positivism: सत्य भन्ने कुरा हाम्रो काबू बहिरको कुरा हो, यो यही समाजमा अवस्थित छ र त्यों शास्वत सत्य हो/ बैज्ञानिक पद्धतिद्वारा उकत सत्य जस्ताको तस्तै पत्ता लगाऊन सकिन्छ/ यस्तो सत्य बस्तुगत हुन्छ र यसलाई अनुसन्धानकर्ताको बिषयगत बिचारले फरक पार्देन/ अनुसन्धानका प्राय: सबै जसो क्रियाकलाप सदियौं देखि यही मूल बिचारमा आधारित छ र आज पनि हामी यसैलाई आधार बनाएर संख्यात्मक अनुसन्धान गरिरहेछौं अनि आफुले sample छनौट गरेको population मा त्यसलाई सामान्यीकरण गरिरहेछौं/ २. Post-positivism: यो positivism भन्दा केही फरक तर अनुसन्धान बिधि करिब करिब उस्तै देखिने अनुसन्धान हो/ फरक के हो भने यस्तो प्रकृतिको अनुसन्धानले सत्यको करिब पुग्न सकिने तर बाहिरी संसारमै बस्तुगत सत्य छ भन्ने कुरामा भने पूर्ण बिश्वास गर्दैन/ यसले दुइवटा प्रमुख कुरामा आफ्नो ध्यान लगाऊंछ/ पहिलो कुरा त के हो भने तपाईले गर्ने ब्याख्या तपाईंले अवलोकन गर्नु भएको वा संकलन गर्नु भएको तथ्य भित्रै अन्तर्निहित (grounded) हुन्छ र दोस्रो कुरा तथ्यांक संकलन प्रक्रिया पारदर्शी र ब्यवस्थित हुनुपर्दछ/ मुख्य कुरा त के हो भने अनुसन्धान प्रश्न बनाउंदा वा त्यसलाई कार्यान्वयन गर्दा वा तथ्यांक संकलन गर्दा वा कुनै बस्तुस्थिति अवलोकन गर्दा वा त्यसको ब्याख्या गर्दा ती कुराहरु अनुसन्धानकर्ताको प्रभाव भन्दा बाहिर राखन कठिन हुन्छ / त्यसैले सत्य भन्ने कुरा कुनै न कुनै रुपमा बिषयगत हुन पुग्दछ/ अहिले बढ़ी मात्रामा प्रचलित गुणात्मक अनुसन्धानहरु यो कोटी भित्र पर्दछन/ त्यसैले Post-positivism ले आफ्ना research findings लाई evidence-based realities मात्र मान्दछ न कि positivism ले जस्तो absolute truth/ Lesson

    14: Research Paradigm

    Research paradigm ले सामाजिक/बिज्ञानको दार्शनिक पक्षलाई उजागर गर्छ/ एउटा अनुसन्धानकर्ताको यो संसार हेर्ने दृष्टिकोण जस्तो छ उसले गर्ने अनुसन्धान पनि त्यस्तै हुन्छ/ ज्ञान के हो र सत्य के हो भन्ने बारे प्रत्येक मानिसको आ-आफ्नै बिश्वास र सोचाई हुन सक्छन जसले उसको अध्ययनमा गहिरो प्रभाव पार्दछ/ किनभने यही paradigm ले नै अनुसन्धानकर्ताले सामाजिक परिवेश कसरी बुझेको छ भन्ने कुरा देखाऊंछ/ त्यसैले त अनुसन्धान बिधि तय गर्नु अगि नै Research paradigm के हो भन्ने कुरा खुलाउनु पर्ने हुन्छ/ खासगरी ontology र epistemology लाई Research paradigm को दार्शनिक आधार मानिन्छ/

    Research paradigm१: यदि तपाई बाहिरी बिश्वमा भएका कुरालाई नै आफ्नो सत्य मान्नु हुन्छ र त्यसभन्दा अरु सत्य केही छैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको paradigm भनेको positivism भयो किनभने positivist हरुले संसार लाई हेर्ने दृष्टिकोण र तपाईंको दृष्टिकोण समान भयो/ प्राकृतिक बिज्ञान संग सम्बन्धित अनुसन्धान यस कोटीमा पर्दछन/ खासगरी quantitative research त्यो पनि ठ्याक्कै hypothesis मा भएका variables नापेर यति नै हो यो भन्दा फरक हुन सक्दैन भन्ने खालको अनुसन्धान/

    Research paradigm२: यदि तपाई बाहिरी बिश्वको सत्य आत्मसात त गर्नु हुन्छ तर ज्ञान भन्ने कुरा value free हुन सक्दैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको Research paradigm भनेको post-positivism हुने भयो / खासगरी सामाजिक बिज्ञानमा अनुसन्धान गर्ने संख्यात्मक अनुसन्धान यो कोटिका अनुसन्धान हुन्/ अर्को रुपमा यसलाई critical realism पनि भनिन्छ जसले ज्ञानको निर्माण समाजबाटै हुने भएता पनि संरचनात्मक रूपमा बैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन/

    Research paradigm३: यदि तपाई सत्य भन्ने कुरा समाजमा रहने मानिसहरूले निर्माण गर्ने हो र यो प्रत्येक मानिसको सोचाईमा भर पर्छ भन्नुहुन्छ भने तपाईको Research paradigm भनेको Interpretivism भयो जसले constructivism मा बिश्वास गर्छ/ यो Research paradigm भनेको positivism को ठ्याक्कै अर्को ध्रूब हो/ अर्थात् प्राय: गुणात्मक अनुसन्धान गर्नेहरु यो paradigm अंगाल्दछन् /

    Research paradigm४: एउटा अर्को बिश्वास छ जसले positivism/postpositivism र interpretivism जस्तो आ-आफ्नो डम्फु लिएर मात्र अनुसन्धान गर्नु पर्छ भन्ने छैन भन्ने कुरा अगाडि सार्दछ र त्यो नै व्यवहारिक हो भन्दछ/ तपाईंको research questions ले माग गरेको उत्तरको आधारमा नै Research paradigm तय हुन्छ / कुनै research question ले positivism खोज्ला त कुनैले interpretivism / त्यस्ता थुप्रै अनुसन्धान भएका छन र त्यसरी निकै महत्वपूर्ण अध्ययन गर्न सकिन्छ/ यो अवस्थामा तपाईंको Research paradigm भनेको pragmatism हुन पुग्छ/ खासगरी mix-method research वा संख्यात्मक भए पनि गुणात्मक सूचना समेत सङ्कलन गरेर अनुसन्धानलाई बल पुरयाउने काम भएको छ भने वा गुणात्मक अनुसन्धान भए पनि संख्यात्मक तथ्यांक समेतको संकलनबाट अनुसन्धान गरिएको छ भने त्यस्ता अनुसन्धानहरुमा यो दृष्टिकोण मौजुद रहन्छ/ (बाँकी अर्को पाठमा....)

    Lesson 15; Ethnography

    गएका १४ पाठमा हामीले अनुसन्धान प्रस्तावना तयार पर्ने सम्बन्धि धेरै मसला छलफल गर्यौं/ आशा छ यसबाट उच्च शिक्षा तहमा अध्ययन गर्ने बिद्यार्थीहरु (स्नातकोत्तर, एम फिल र पिएचडी) लाई केही राहत महशुस भएको हुनुपर्छ/ आज देखि हामी अनुसन्धान बिधि अर्थात तपाइको खास बिधि (मेथड अफ रिसर्च) का बारे कुराकानी गर्नेछौं/ पहिला गुणात्मक अनुसन्धानका बिधि बारे चर्चा गरौँ/

    १. इथ्नोग्राफी (Ethnography):

    समाजमा हुने गरेका काम कारबाही, अन्तरक्रिया, त्यहाँ बस्ने मान्छेको बुझाई, कुनै खास समूह वा संस्थाको संस्कृति जस्ता कुराको आधारमा तयार पारिने अनुसन्धान यस अन्तर्गत पर्दछन/ यसको मूल जरा भनेको मानाव शास्त्रनै हो/ मानवीय व्यवहार उसको संस्कृति संग गाँसिएको हुन्छ र उसका बिचार, धारणा, काम कारवाही, अरु प्रति हेर्ने दृष्टिकोण सबै त्यसैले निर्देशित गरेको हुन्छ/ के त्यस्ता सांस्कृतिक, सामाजिक, परिवेश रहेछन त? जसले गर्दा ती मानिसहरुको बिचार वा भावना वा बुझाइ फरक फरक बन्ने रहेछ? वा उनीहरुको खास संस्कृति र विचारका मूल आधार के रहेछन त? जस्ता प्रश्न को जवाफ नै Ethnography हो/

    यसको लागि अवलोकन (तपाइँ आफै एउटा अंस भएर गर्ने participant observation), अन्तर्वार्ता, छलफल, एबम् उनीहरु अवस्थित समाजका धरोहर अध्ययन (cultural artifact study) जस्ता काम गरेर बिस्तृत रुपमा सूचना संकलन गर्ने र जस्ताको तस्तै बिवरण विश्लेषण सहित अरु माज पुर्याउने काम Ethnography विधिका ठोस प्रकृया हुन्/ यसमा बाहिर बाट कस्तो देखिन्छ भन्दा पनि तपाईं आफैं त्यसको अंस भएर भित्रबाट नियाल्दाकस्तो रहेछ भन्ने अनुसन्धान गरिन्छ/ त्यसैले यस्तो अनुसन्धान गर्ने मानिसहरु लामो समय (प्रकृति हेरी कम्तिमा ६ महिना देखि माथि) उनीहरुले अध्ययन गर्न चाहेको समूह संग आबद्ध हुन्छन र आफु समेत अनुसन्धानको साधन भएर काम गर्छन/

    यति गहन अनुसन्धान भएकोले तपाइंले कुनै खास समूह, समुदाय, व्यक्तिको झुण्ड जस्ता बिशेष प्रकारको परिवेश (phenomenon) छान्नु पर्ने हुन्छ/

    यस्तो अनुसन्धान गर्दा धेरै sample हुनुपर्छ भन्ने छैन/ तपाईं एउटा मात्रै समूहको बिस्तृत अध्ययन गरेर थेसिस लेख्न सक्नु हुन्छ/यो सामाजिक अनुसन्धान संग सम्बन्धित भएकोले तपाईं समाजका बिकृति, विसंगति, बनावट, त्यहाँका मान्छेको रहन सहन, चालचलन, बिचार जस्ता कुरालाई आफ्नो अनुसन्धानको मूख्य बिषय बनाउन सक्नु हुन्छ/

    उदाहरणको लागि 'Perception and Practices of Higher Education among Women:An Ethnographic Study of PhD Holders" भन्ने बिषय तपाइंको रोजाइ हो भने तपाइंले PhD गरेका केही (3-4) महिला छनौट गर्नु हुन्छ, उनीहरु संग बसेर उच्च शिक्षा हासिल गर्दा उनीहरुले गरेका अनुभव, चुनौती, समस्या जस्ता कुरामा छलफल गर्नु हुन्छ, प्रत्येक को छुट्टा छुट्टै अन्तर्वार्ता गर्नु हुन्छ, उनीहरु संगै घुलमिल गरेर पढाइ संग सम्बन्धित महिलाका भित्री समस्याका कुरा खोतल्न सक्नु हुन्छ, उनीहरुको पढाइको निरन्तरता कसरी रह्यो, कहाँ कहाँ संघर्ष गर्नु पर्यो, किन त्यसो संघर्ष भोग्न पर्यो ? घर परिवार र समाजले हेर्ने दृष्टिकोण कस्तो रह्यो, आज पढाइ पुरा गर्दा कस्तो अनुभव हुँदैछ आदि आदि गुणात्मक सूचनाका पोको बनाएर विश्लेषण गर्न सक्नु हुन्छ/ उनीहरु हुर्केको परिवेश अध्यन गर्नु हुन्छ, उनीहरुको सामाजिक र सांस्कृतिक आधार बुझ्नु हुन्छ, उनीहरुका परिवार र उनीहरु बस्ने समाजका अरु मान्छे संग समेत यस सम्बन्धमा कुरा खोतल्नु हुन्छ अनि एउटा सिङ्गै थेसिस लेख्नु हुन्छ/

    Lesson 16: Phenomenology

    गएका पाठ बाट हामी गुणात्मक अनुसन्धानका प्रकारहरुमा छलफल गर्दैछौं/ त्यसै क्रममा आज phenomenology के हो? यो अनुसन्धानमा कति महत्वपूर्ण छ? र यसलाई कसरी प्रयोग गर्न सकिन्छ? भन्ने बारे छोटो टिप्पणी यहाँ प्रस्तुत छ / दर्शन र मनोबिज्ञानका पक्षसंग सम्बन्धित phenomenology ले तपाई बाँच्नु भएको परिबेशमा तपाईंकै जीवन्त अनुभवको खोजी गर्दछ/ त्यस्तो परिवेश खास खास परिस्थितिमा बिशेष हुन्छन र तिनलाई उजागर गर्न अरु बिधि भन्दा phenomenology बढी उपयुक्त हुन्छ/ Phenomenology बास्तवमा phenomenon बाटै बनाइएको हो/ उदाहरणको लागि एउटा क्यान्सर पीडितले आफ्नो जीवन कसरी बाँचिरहेको छ त? भन्ने अध्ययन गर्नु पर्यो भने कुनचाहिं बिधि उपयुक्त होला? बाहिरबाट उसलाई देख्नेले भनेका कुराको आधार वा अरु क्यान्सर पीडितका आधारमा गरिने सामान्यीकरण वा जो पिडित छ उसैको पूर्ण कहानीमा आधारित अनुसन्धान/ यहाँ उल्लेख गरिएका कुनै पनि बिधि प्रयोग गरेर यो अनुसन्धान गर्न सकिन्छ तर सबैभन्दा भरपर्दो र अर्थपूर्ण नतिजा चाहिं Phenomenology बाट निकाल्न सकिन्छ/ सम्बन्धित क्यान्सर पिडित कसरी बाँचेको छ, उसका जीवन्त अनुभवहरु के छन्, क्यान्सर भएको छ भनेर थाहा पाउँदा पाउँदै र जीवन क्षणिक छ भन्ने बुझ्दाबुझ्दै पनि जिउनुको बास्तविक अर्थ के होला, कसरी जीवन यापन हुँदैछ, जीवन प्रतिको उसको दृष्टिकोण कस्तो छ, जस्ता सरल लाग्ने तर गहिरो मनोबैज्ञानिक र दार्शनिक आधारमा उभिएर खोतलीने सूचनाहरु phenomenology बिधि मानिन्छन/

    यहाँ तपाईंको phenomenon भनेको ‘क्यान्सर रोग’ भयो र त्यो रोग संग लडेर जिएका मान्छेहरु तपाईंका सूचनादाता अर्थात् sample भए र उनीहरुको जीवन्त अनुभव (lived experience) तपाईंको सूचना अर्थात् data भयो/ तपाईंको मूल अनुसन्धान प्रश्न भनेको What is it like to live a life with cancer? हुनेभयो/ एउटा क्यान्सर पीडितले जींवन प्रति हेर्ने दृष्टिकोण र उसले लगाउने जीवनको अर्थ तपाईंको अनुसन्धानका मूल नतिजा हुने भए/ तपाईं त्यस्ता केही व्यक्तिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनु हुन्छ, उनिहरुसंग कुराकानी र अन्तर्वार्ता गर्नुहुन्छ, उनिहरुका बिचारलाई आफ्नो नोटबुकमा कैद गर्नुहुन्छ, सहमती लिएर त्यस्ता अनुभवलाई रेकर्ड गर्नुहुन्छ, उनिहरुका अनुहारमा देखिएका पीडाहरुलाई नियाल्नु हुन्छ र त्यसलाई आफ्नो सूचनाको एउटा पाटो ठान्नुहुन्छ, उनिहरुका परिवेश अवलोकन गर्नु हुन्छ, आफूले तयार पारेका सूचनाहरु उनिहरुसंग फेरी छलफल गर्नुहुन्छ र उनीहरुले गरेकै अनुभव जस्ताको तस्तै उनीहरुकै भाषामा तोड मरोड नगरीकनै सामाजिक सिद्धान्त, मनोबिज्ञान र दर्शनका आधारमा विश्लेषण गर्नुहुन्छ र एउटा थेसिस तयार पार्नुहुन्छ/ यसमा प्रत्यक्ष अनुभवका चार पाटा चासो को बिषय हुन सक्छन् Lived space (spatiality), Lived body (corporeality), Lived time (temporality) र Lived human relations (relationality) /

    यस्ता थुप्रै अनुसन्धानका Topic तपाईं छान्न सक्नुहुन्छ जस्तो Experience of a life-long temporary teacher in Nepal, Experience of students who always stood first in all class examinations, Experiencing a life of being a working mother, Experience of a Parliamentarian, Living a life in Elderly Home etc. etc. यी अनुसन्धानहरु अरु बिधिबाट गर्न नसकिने होइनन तर lived experience पहिचान गर्ने उपयुक्त विधिका रूपमा Phenomenology अग्रस्थानमा देखापर्छ/

    Lesson 17: Case study

    बिगत केही पाठ देखि हामी गुणात्मक अनुसन्धानका प्रकारका बारेमा अध्ययन गर्दैछौं/ त्यसै क्रममा आज Case study लाई संक्षिप्तमा नियाल्नेछौँ / कुनै पनि परिवेशको बिस्तृत अध्ययन गरी जीवन्त प्रस्तुती गर्नु Case study मानिन्छ / हुनत गुणात्मक Case study मा अरु गुणात्मक अनुसन्धान जस्तै बिषयगत बुझाई र धारणाको महत्व त हुन्छनै तर पनि केही बस्तुगत बिचार पनि यस भित्र अट्न सक्दछ/ तर त्यो बस्तुगत बिचार pluralism को सन्दर्भमा यहाँ लागू हुन्छ न की संख्यात्मक अनुसन्धान मा जस्तो relativism को रूपमा / Case study अनुसन्धान गर्नेहरुले खासगरी आफ्नो paradigm को लागि constructivism छान्ने गर्दछन ता की जुन परिवेशको Case अध्ययन गर्न खोजेको हो त्यसै परिवेश संग साक्षात्कार गर्ने मानिसहरु संगको कुराकानीको आधारमा खोजिएको अर्थ निकाल्न सकियोस / अर्थात् तपाईंको सूचनादाताहरुनै तपाईं को ज्ञानका निर्माणकर्ता हुन् / यो विधिमा तपाईं आफ्नो अनुसन्धान-सहभागीहरुको अनुभवलाई उनीहरुको कथा व्यथाका रूपमा चित्रण गर्नु हुन्छ र तपाईंका सहभागीहरुले उक्त परिबेशमा भोगेका कठिनाईहरु, उनीहरुले गरेका उपलब्धिहरु, धारणाहरु, बिचारहरु समेटेर एउटा जीवन्त तस्बीर तयार पार्नु हुन्छ ता की तपाईंका पाठकहरुले आफैं त्यहाँ पुगे जस्तो गरी Case प्रष्ट बुझ्नेछन / Case study मा सूचना संकलन बिभिन्न पक्षबाट गरिनु पर्छ/ जुन परिवेश को Case study हो त्यो परिवेशको परिचय बिना तपाईंको अध्ययन अधुरो रहन्छ / यसकारण परिवेशलाई चिनाउने कुनै पनि तथ्यांक वा सुचनाहरु तपाइंले संकलन गरेको हुनु पर्दछ /

    Case study मूलत: बहु-सूचना पद्धतिमा आधारित हुन्छ/ उदाहरणको लागि यदि तपाईंको बिषय “Integration of ICT in Higher Education: A Case of ODL in Nepal” छ भने उच्च शिक्षा जहाँ सूचना प्रविधिको प्रयोग गरी अन लाइन दूर शिक्षा प्रदान गरिन्छ त्यो तपाईंको phenomenon अर्थात् परिवेश भयो / तपाइंले त्यस्ता विश्वविद्यालय वा कलेजको Case study गर्नु हुन्छ / नेपालमा रहेका त्यस्ता संस्थाको जीवन्त बर्णन तपाईंको लक्ष हुन्छ/ आफ्नो व्याख्यालाई जीवन्त बनाउन तपाईं ती संस्थामा ICT प्रयोग गरी ODL संचालनमा र विद्या आर्जनमा अग्रगामी भूमिका खेल्ने शिक्षक, प्रशासक, नीतिनिर्माता, प्रबिधिज्ञ सूचनाको एउटा पाटो मान्नुहुन्छ (सेवा प्रदाय ) भने बिद्यार्थी र अभिभावक (लक्षित बर्ग) अर्को पाटो मान्नुहुन्छ /

    पहिलो पाटोको अनुभव संस्थापरक हुन्छ जसमा बर्तमान स्थिति, कमि कमजोरी र भविष्यको योजना समाबेश हुन्छ / लक्षित समूहको पाटोमा उनीहरुले अनुभव गरेका राम्रा र कठीन कथाहरु, उनीहरुले पाएका फाइदा र बेफाइदाहरु, उनिहरुले चाहेका र पाएका परिबेशहरु समावेश गरिन्छन / मूलत: Case study ले किन र कसरी को बिस्तृत विवरण माग्दछ / यसो गर्दा तपाइंले interview, participant observation, focus group study जस्ता बिधि उपयोगमा ल्याउनु हुन्छ र एउटाबाट पाएको सूचनालाइ अर्को संग टाँस्दै ब्याख्या गर्नु हुन्छ / यो बहु-बिधि Case study को लागि धेरै आवस्यक यसकारणले मानिन्छ की तपाइले Case को बिस्तृत अध्ययन गरेको होस् र एउटा सूचनामा मात्रै भर नपरेको होस् / तर यतिले मात्र पनि तपाईंको data पुग्दैन / तपाईंलाइ आफ्नो Case study पूरा गर्न अरु secondary information पनि जरूरी हुन्छ / जस्तो संस्थाको इतिहास, सूचना प्रबिधि प्रयोगको फेहरिस्त र बिकास, अनलाइन संचालन भएका क्षेत्र, तीनको व्यवस्थापन देखि लिएर ICT र ODL प्रयोगमा ती संस्थाहरुको प्रत्येक विवरण (लगानी, प्रक्रिया र उपलब्धि) अनि त्यसबाट प्रदान गरिएका शिक्षाका सबै पाटाहरुको सूक्ष्म सूचना तपाईं को Case study को थुंगा हुन् जसलाई उनेर तपाईं आफ्नो थेसिस लेख्नुहुन्छ/

    छानिएका संस्थाहरु एकै खाले हुन् र तीनले उच्च शिक्षामा एकीकृत गरेको सूचना प्रणाली र अनलाइन प्रक्रीयामा खासै भिन्नता छैन भने तपाईं धेरै संस्थाको अध्ययन गरेर पनि एउटा Case study गर्नुहुन्छ तर संस्थाका ICT र ODL का पक्षहरु एक अर्कामा तात्विक रुपमानै फरक छन् भने तपाईं एउटा थेसिस भित्रै Multiple cases को अध्ययन ल्याउनु हुन्छ /

    Lesson 18: Grounded Theory

    कुनै अनुसन्धानकर्ताले बजारमा उपलब्ध सिद्धान्त लाई आफ्नो अध्ययनको आधार बनाउँदैन र आफुले संकलन गरेका सूचनाहरुका आधारमा नयाँ सिद्धान्त प्रतिपादन गर्छ भने त्यसलाई Grounded Theory भनिन्छ/ यसको अर्थ हुन्छ Theory तपाईंको अध्ययनको तथ्यहरुमा Grounded अर्थात् अन्तर्निहित हुन्छ/ थेसिस लेख्ने काम भनेकै तपाईंको अध्ययनलाई कुनै न कुनै Theory को आँखाले हेर्नु हो जुन तपाईंको अनुसन्धान प्रश्नहरु (Research questions) संग प्रत्यक्ष सम्बन्धित हुन्छन/ यसो भन्दा के कुरा पनि बुझ्नु पर्छ भने शैक्षिक अनुसन्धानको काम भनेको बजारमा भएका ज्ञानमा नयाँ ज्ञान थप गर्नु हो जुन तपाईं आफ्नो अध्ययनको आधारमा र तपाइंले छनौट गर्नु भएको Theory का आधारमा भन्न सक्नु हुन्छ/ यस अगि प्रतिपादन गरिएका Theory मा तपाईंको अनुसन्धान ले के कुरा थप गर्न सक्यो, के कुरा ठिक छ वा छैन भन्ने भन्न सक्यो वा पूर्णत: त्यो Theory लाइ नकार्दै नयाँ Theory दिन सफल भयो? भन्ने कुरानै थेसिसका मूल मर्म हुन्/ हामीले लेख्ने थेसिस पनि यही मर्ममा आधारित हुनु पर्छ/ अरुको Theory लाइ आधार बनाएर गरिने अनुसन्धान र त्यसबाट प्राप्त नतिजाको आधारमा केही नयाँ ज्ञान वा Theory प्रतिपादन गर्नु Deductive approach हो भने अरुको Theory को सहायता बिनानै आफ्नै data को आधारमा नयाँ Theory प्रतिपादन गर्नु Grounded Theory अर्थात् Inductive approach हो/

    कुन अवस्थामा Grounded Theory अनुसन्धान गर्ने त? भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ/ तपाइंले छनौट गर्नु भएको बिषयमा यस भन्दा अगि निकै कम अनुसन्धान भएका छन् वा त्यस सम्बन्धी ज्ञान अत्यन्तै न्यून छ भने त्यस्तो अवस्थामा Grounded Theory उपयोग गर्न सकिन्छ/ अर्को अर्थमा तपाइंले छान्नु भएको Topic मा Literature review गर्न पर्याप्त अनुसन्धानहरु छैनन् भने तपाईं आफैंले Grounded Theory उपयोग गरी योगदान दिन सक्नु हुन्छ/ त्यस्तै तपाइंले छनौट गरेका जस्तै बिषय बस्तुमा यस भन्दा अगि गरिएका अनुसन्धानहरुले कुनै खास Variables वा Constructs पत्ता लगाइसकेका छन् तर तिनको आपसी सम्बन्धको ब्याख्या गरेर Theory निर्माण गरेका छैनन् भने पनि तपाईं Grounded Theory को सहायता लिन सक्नु हुन्छ र एउटा गतिलो Theory निर्माण गर्न सक्नु हुन्छ/ यसबाट के कुरा बुझ्नु जरुरी छ भने तपाइंले छनौट गर्नु भएको बिषयमा कम Knowledge बजारमा उपलब्ध छ या एउटा तह सम्म Advance knowledge बजारमा छ तर Theory बन्न बाकी छ भने त्यस्तो अवस्थामा Grounded Theory बढी उपयोगी हुनेछ/ यसो भनिरहँदा अर्को कुरा के पनि ख्याल राख्नु पर्छ भने Grounded Theory अनुसन्धान विधि अरु भन्दा केही फरक देखिन्छ/ अरु प्रकारको अनुसन्धान मा तपाईं पहिला सूचना संकलन गर्नु हुन्छ अनि त्यसको विश्लेषण गर्नु हुन्छ तर Grounded Theory मा सुचना संकलन र विश्लेषण प्रक्रिया साथसाथै गरिएको हुन्छ/ तपाईं Data collection को दौरान त्यसैमा आधारित Hypothesis को निर्माण गर्नु हुन्छ त्यो Hypothesis को परिक्षण गर्न फेरी थप Data संकलन गर्नुहुन्छ/ यसलाई अनुसन्धानमा Abduction भनिन्छ/ जसमा Data collection र Data Analysis संग संगै अगि बढाईनु पर्ने हुन्छ/ Grounded Theory संख्यात्मक वा गुणात्मक दुवै थरी अनुसन्धानमा प्रयोग गर्न सकिन्छ/

    Lesson 19: Narrative Inquiry

    गुणात्मक अनुसन्धानका बिधि छलफल गर्ने क्रममा हामीले यस भन्दा अगि चारवटा विधिको बारेमा कुरा गर्यौं/ आज पाँचौ बिधि Narrative Inquiry का बारेमा संक्षिप्त परिचय/

    मान्छेका आ-आफ्नै कथा हुन्छन/ उसका बिगत नै उसका कथा हुन्/ आफु र आफ्नो वरिपरिका अरु मान्छे र परिवेशमा आधारित अनुभवहरुनै उसका कथाका आधार हुन्/ ती कथाहरुलाई अर्थपूर्ण तवरले अगाडि ल्याउने प्रक्रियामा Narrative Inquiry ले राम्रो भूमिका खेल्न सक्छ/ त्यसैले यो बिधि नितान्त अनुभवका विश्लेषणमा आधारित हुन्छ/ अब प्रश्न उठ्न सक्छ कस्तो अनुभव? अनुसन्धानमा कुनै खास परिस्थिति वा परिवेशलाई आधार बनाउनु पर्ने हुन्छ त्यो भनेको phenomenon हो/ तपाइंले व्यक्तिका कुन परिवेशको अनुभवमा आधारित कथाहरुलाई अनुसन्धान गर्न लाग्नु भएको हो भन्ने कुरा प्रष्ट हुनु जरुरी छ/

    Narrative Inquiry विधिमा अनुसन्धानकर्ताले तीनवटा साझा सवाललाई ध्यानमा राख्नु पर्ने हुन्छ जसले उसको अवधारणात्मक प्रारूप (Conceptual framework) तयार पार्नमा सहयोग गर्दछ/ पहिलो हो Temporality अर्थात् अस्थायित्व/ हाम्रा अनुभवहरु क्रमस: परिवर्तन हुँदै जान्छन र ती कुरा हाम्रो परिवेशमा रहेका अरु मान्छे, स्थान र अन्य घटनाले फरक गर्दछ/ मान्छेको अनुभव मूलत: समय सापेक्षित हुन्छ र त्यसैभित्र उसका कथा र व्यथाका सही बिजारोपण हुन्छ भन्ने कुरा Narrative Inquiry को दार्शनिक आधार हो/

    दोस्रो सवाल हो Socialty को/ Narrative Inquiry बिधि अवलम्बन गर्ने अनुसन्धानकर्ताले आफ्नो सूचनादाता (sample/informant) को भावना, चाहना, इच्छा, आकांक्षा जस्ता वैयक्तिक सूचना त संकलन गर्नु पर्दछ नै तर उसको सांस्कृतिक, सामाजिक, भाषिक, र संस्थागत जस्ता सामाजिक परिवेशलाई पनि भुल्नु हुँदैन/ यिनै सामाजिक परिवेशमा नै उसका कथाहरु देख्न, बुझ्न र अर्थपूर्ण तरिकाले अनुभव गर्न सकिन्छन/

    तेस्रो सवाल हो Place अर्थात् स्थान/ कुनै पनि घटनाको मूल अंस त्यो कुन स्थानमा घटेको हो भन्ने कुरा संग बढी सरोकार राख्दछ/ तपाइंले जसको कथामा आधारित अनुसन्धान गर्दै हुनुहुन्छ उसको अनुभव कुन र कस्तो भौतिक वातावरणबाट निर्देशित रहेछ भन्ने कुरा न खुट्याउने हो भने तपाईंको अनुसन्धान अधुरो रहन्छ/

    Narrative Inquiry कथा बाटै सुरु हुन्छ, एउटा यस्तो कथा जुन तपाईं उनीहरुसंगको सामिप्यता, छलफल, अन्तरक्रिया, अन्तर्वार्ता जस्ता माध्यमबाट जस्ताको तस्तै निकाल्न प्रयास गर्नु हुन्छ/ एउटा यस्तो कथा जुन उनीहरुको जीवन र जिउनु संग गासिएको हुन्छ/ त्यसैले Narrative Inquiry को अन्तिम लक्ष भनेको कसैको कथालाई जीवन र जिउने पद्धति संग गांसेर हेर्नु र बिश्लेषण गर्नु हो/ तपाईंको अनुसन्धान “Gendering Technology in Higher Education: A Narrative Inquiry of Students of On-line Distance Education in Nepal” भन्ने शिर्षकमा छ भने तपाइंले त्यस्ता उच्च शैक्षिक संस्थामा अध्ययन गर्ने (अझ त्यस्तो अनुभव गरिसकेका) बिद्यार्थी छान्नु हुन्छ/ उनिहरुसंग बसेर बिगत र वर्तमानका अनुभवलाइ संकलन गर्नु हुन्छ प्रत्येकले भोगेको जीवनको कथाको रूपमा/ यस्तो कथा सही रूपमा आवोस भन्नका लागि तपाईं पहिलेनै कसरी अगाडि बढ्ने, के के कुरा सोध्ने, वैयक्तिक र सामाजिक परिवेस कसरी छुट्टयाउने, अनुभवका समय लाइ कसरी वर्गीकृत गर्ने जस्ता कुरामा आधारित भएर छलफल र अन्तर्वार्ताको लागि Triggers बनाउनु हुन्छ/ तपाईंको अनुसन्धानका लागि तपाइंलाई चाहिने सूचानाको आधारमा नै तपाईं त्यस्ता Triggers तयार पार्नु हुन्छ जुन तपाईंको Research Question संग प्रत्यक्ष सरोकार राख्दछन/ माथि उल्लेख भएको अनुसन्धान शिर्षकको लागि कम्तिमा पनि तपाइंले सूचना प्रविधिमा लैंगिक पहुँच, सूचना प्रविधिको उपयोगमा लैंगिक विभेद, उच्च शिक्षामा लैंगिक समानता, अन-लाइन र दूर शिक्षामा लैंगिक सहभागिता, अध्ययन पूरा गर्न गरिने संघर्षमा लैंगिक परिवेश, त्यसलाई असर पार्ने वैयक्तिक र सामाजिक आधारहरु, समयका हिसाबले परिस्थितिजन्य अवस्थाहरु, समय को transition, जस्ता सूचना आफ्ना सूचनादाता संग उनिहरुले भोगेका कथाका रुपमा लिनु पर्दछ/ अनि ति कथाहरुलाई उनीहरुको मौलिक भनाई उल्लेख गर्दै Literature र Theory को सहायताले अर्थपूर्ण विश्लेषण गरी थेसिस लेख्नु हुन्छ/

    यो विधिको प्रयोग गर्ने अनुसन्धानकर्ताले सोही परिप्रेक्षमा आफ्नो अनुभव समेत देखाउनु पर्ने हुन्छ जसलाई personal justification भनिन्छ/ यस्तो विधिमा थेसिस लेख्दा ठाउँ ठाउँमा कथाका जटीलतालाइ अर्थपूर्ण बनाउन तस्बीर, कविता, word images, metaphor जस्ता सशक्त माध्यम प्रयोग गर्दा तपाइंले अगाडि ल्याउन खोज्नु भएका कथाहरु बढी जीवन्त हुन पुग्छन/

    Lesson 20: Types of quantitative research

    गएका पांच पाठमा हामीले गुणात्मक अनुसन्धानका प्रकारहरु बारे सामान्य परिचय गर्यौं/ अबका केही पाठहरुमा हामी त्यसै गरी संख्यात्मक अनुसन्धानका प्रकारहरुको परिचय पाउनेछौं / हुनत संख्यात्मक अनुसन्धानका धेरै प्रकार भेट्न सकिन्छन् जस्तो Survey, correlational, causal comparative, experimental, ex-post facto, historical, content analysis आदि/ जसमध्ये Survey धेरैजसो संख्यात्मक अनुसन्धानकर्ताले प्रयोग गर्ने बिधि भित्र पर्दछ/ मोटामोटी रुपमा संख्यात्मक अनुसन्धानलाई ३ खण्डमा बाँडिएको पाईन्छ Survey, experimental र content analysis/ किनभने experimental अनुसन्धानले कुनै घटना वा परिदृश्यको कारण पत्ता लगाउने उद्देस्य राखेको हुन्छ (cause-effect relationship, causal comparative)/ त्यस्तै content analysis मा उपलब्ध secondary data को आधारमा अनुसन्धान गरिन्छ/ बाँकी अरु प्रकारका संख्यात्मक अनुसन्धानमा प्राय: Surveyको उपयोग गरिएको हुन्छ/

    Survey

    सामाजिक बिज्ञानमा अतिनै लोकप्रिय मानिएको बिधि Survey हो/ संख्यात्मक अनुसन्धानको मुटु मानिने यो बिधि अझै पनि संसारका बिभिन्न मुलुकमा उत्तिकै उपयोगमा छ/ अरु अनुसन्धान जस्तै यो अनुसन्धानमा पनि अनुसन्धानको निश्चित उद्देस्य वा अनुसन्धानात्मक प्रश्नलाइ नै मूल आधार बनाइएको हुन्छ / Survey को मूल उद्देश्य भनेको sample बाट population मा findings लाई सामान्यीकरण गर्नु हो/ उदाहरणको लागि यदि तपाइंको अनुसन्धान बिषय "Entrepreneurial orientation and School Performance: a Survey of Private Higher Secondary School Principals in Nepal" भन्ने छ भने तपाइंको population नेपालका सबै निजि उच्च माध्यमिक बिद्यालय भए/ यी सबैलाई प्रतिनिधित्व हुने गरी तपाईं sample छनौट गर्नु हुन्छ/ अनि त्यो sample को अध्ययन बाट आएको निचोड सबै निजि उच्च माध्यमिक बिद्यालयहरुमा लागु हुन्छ भनी दावा गर्नुहुन्छ/ त्यसैले Survey अनुसन्धान गर्ने मान्छेहरुले सबभन्दा पहिला एउटा निश्चित populationछान्नु पर्दछ/ त्यो population लाइ प्रतिनिधित्व गर्ने sample छनौट गर्दा बैज्ञानिक बिधि प्रयोग गर्नु पर्ने हुन्छ (Random sampling Techniques)/ कति संख्या भए प्रतिनिधिमुलक संख्या हुन्छ भनेर हचुवाको भरमा भन्न सकिंदैन, यसका लागि तपाईं sample निर्धारण गर्ने उपलब्ध सूत्र प्रयोग गर्नु हुन्छ/ यसरी संख्या निर्धारण भैसकेपछि तपाईं त्यो संख्या कुन कुन हुन् त भनेर निर्क्यौल गर्न तर्फ लाग्नु हुन्छ/ जस्तो माथिको उदाहरण मा ३५० उच्च माबि तपाइंको sample हो भने त्यो संख्या पुर्याउन के गर्ने भन्ने सवाल अहम हुन आउँछ/ तपाईं आफू खुसी जुन उच्च माविमा पनि पसेर तथ्यांक संकलन गर्न सक्नु हुन्न किनभने Survey अनुसन्धान ले random selection मार्फत प्रतिनिधिमूलक sample को परिकल्पना गरेको हुन्छ/ यसको लागि तपाइले सबै निजि उच्च माबि हरुको एउटा सूची बनाउनु हुन्छ अनि त्यसलाई coding गर्नु हुन्छ/ त्यसपछि random table प्रयोग गरेर ३५० वटा छान्नु हुन्छ/ यो simple random sampling भयो / (बाँकी lesson 21 मा)

    Lesson 21: Survey Continued...from lesson 20

    यदि तपाईंको अनुसन्धान उद्देश्य वा अनुसन्धानात्मक प्रश्न वा hypothesis ले वर्गीकृत रूपमा उच्च माविको सूचना माग गर्दछ भने तपाईं पहिला निजि उच्च माबि का प्रिन्सिपलहरुलाई वर्गीकृत (Stratify) गर्नुहुन्छ/ यस्तो बर्गिकरण तपाइंको आवश्यकता अनुरुप पुरुष/महिला, उमेर, अनुभव, तालिम, योग्यता, उपलब्धि जस्ता stratification हुन सक्छ/ तर याद गर्नु पर्ने कुरा के हो भने stratificationमा गैसकेपछि सबै stratificationको समानुपातिक प्रतिनिधित्व हुनै पर्दछ/ जसलाई stratified proportionate random sampling भनिन्छ/ जस्तो निजि उच्च माविमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला principal छन् भने तपाइंको sample पनि त्यही अनुपातमा हुनु जरुरी छ/ यसरी sample छानि सकेपछि तपाईं आफ्नो tool लिएर field जाने तरखरमा लाग्नु हुन्छ/ survey प्रयोग गरिने tool भनेको questionnaire नै हो/ questionnaire तयार पार्दा closed type अर्थात् चिनो लगाउने खालका प्रश्न समावेश गरिन्छन/ कसैले questionnaire मा बहुबैकल्पिक प्रश्न समावेश गर्छन भने कसैले Likert type scale/ स्केल प्रयोग गर्दा पहिलानै एउटा कुरामा गम्भीर ध्यान दिनु पर्ने हुन्छ/ यदि तपाइंको Likert type scale बाट तपाइंले parametric test प्रयोग गरी विश्लेषण गर्ने लक्ष लिनु भएको छ भने तपाइंको स्केल interval scale हुनु जरुरी छ किनभने ordinal scale मा non-parametric test मात्र प्रयोग गर्न सकिन्छ/ त्यसैले आफ्नो अनुसन्धान प्रश्न वा hypothesis हेरेर कुन स्केलको Likert type scale बनाउने भन्ने कुरा अगाडिनै तय गर्नु पर्ने हुन्छ/ tools मा समावेश गरिने बिषयबस्तुहरु literature base गर्ने चलन छ/ कसै कसैले अरुले प्रयोग गरेका उस्तै अनुसन्धानका tool पनि प्रयोग गर्दछन/ तर सबैभन्दा उपयुक्त तपाईं आफैले delphi technique प्रयोग गरी tool बनाउनु भयो भने त्यो अझ बढी बिस्वशनीय र भरपर्दो मानिन्छ/ तपाइंको tool तयार भैसकेपछि त्यो tool को reliability र validity सुनिस्चित हुनु पर्दछ/त्यसका लागि तपाइंको sample जस्तै समूहमा गई pilot test गर्नु पर्दछ / Pilot test बाट प्राप्त सूचनाहरुलाई विश्लेषण गरी reliability score निकाल्न सकिन्छ/ यसका थुप्रै सूत्रहरु भेट्न सकिन्छ/ तपाइंको tool को reliability 0.7 भन्दा माथि हुनु पर्दछ/ त्यति नआउन्जेल tool मा सुधार गर्दै pilot बाटै reliability test गर्दै जानु पर्दछ/ Validity को विभिन्न प्रकार छन्/ यदि तपाइंको उद्देश्य भविष्यको पूर्वानुमान परिक्षण गर्नु छ भने तपाइंले predictive validity को सूत्र प्रयोग गर्नु पर्ने हुन्छ/ नभए प्राय: संख्यात्मक अनुसन्धानमा content validity (तपाइंको अनुसन्धानात्मक प्रश्नले खोजेका उत्तरका लागि तपाइंले छान्नु भएको बिषयबस्तु मिले नमिलेको हेर्ने; जस्तो माथिको उदाहरणमा entrepreneurial orientation ले cover गर्नु पर्ने बिषयबस्तु सन्तुलित मात्रामा छन् छैनन्)) र face validity (तपाइंको tool तपाइंले राखेका उद्देश्य पुरा गर्ने खालको छ, छैन) हेर्ने प्रचलन छ/ यति सुनिश्चित भएपछि तपाईं तथ्याङ्क संकलनका लागि प्रस्थान गरे हुन्छ/

    Lesson 22: Experimental Research

    गएको दुइवटा पाठमा हामीले सर्भे अनुसन्धानका बारेमा धारणात्मक छलफल गर्यौं / अब संख्यात्मक अनुसन्धानको अर्को प्रमुख बिधि Experimental Research बारे जानकारी लिनेछौं/ कुनै पनि असरको आफ्नो कारण हुन्छ अर्थात एउटा चलले अर्को चललाई प्रभाव पारेको हुन्छ भन्ने सामान्य बैज्ञानिक सिद्धान्त मानिन्छ/ कुन independent variable (चल) ले dependent variable मा कस्तो प्रभाव पर्छ भनी cause-effect relation हेर्ने अनुसन्धानलाई Experimental Research भनिन्छ/ संख्यात्मक अनुसन्धानका अन्य बिधिहरुले सामान्यत: एउटा चलको अर्को चल संगको सह-सम्बन्ध (correlation) मात्र देखाउंछ भने Experimental Research ले यही कारणले यो अवस्थाको सिर्जना भएको हो भनी ठोकुवा गर्दछ/ खासगरी medical र psychology क्षेत्रमा यसले आफ्नो पकड जमाएको छ/ सामाजिक बिज्ञानमा पनि यसको प्रयोग हुँदै आएको छ/ यो अनुसन्धानमा अनुसन्धानकर्ताले independent variable लाइ आफ्नो अनुसन्धानको उद्देश्य अनुसार manipulate गर्छ/ अर्थात कस्तो intervention गर्ने र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अनुसन्धानकर्तामा भर परेको हुन्छ/ उदाहरणको लागि तपाइंको Experimental Research को बिषय "The Effect of Computer-based Math Instruction in Secondary Schools of Nepal" भन्ने छ भने तपाइंको independent variable कम्प्युटर बिधि भयो भने dependent variable चाहिं माध्यमिक बिद्यालयका विद्यार्थीको उपलब्धिमा देखिएको भिन्नता भयो/ यो अनुसन्धानमा अनुसन्धानकर्ताले कम्प्युटर बिधि कुन वातावरणमा दिने, कसरी दिने, कुन पाठमा दिने, कुन कक्षाका भन्ने जस्ता निर्णय आफैं गर्न पाउने हुनाले त्यसलाई उसको उद्देस्य अनुरुप व्यवस्था गर्ने स्वतन्त्रता छ/ जसलाई अनुसन्धानकर्ताले manipulate गरेको भनिन्छ/

    Experimental research मा उही स्तरका दुइवटा समूहमा अध्ययन गरिन्छन / एउटा experimental group र अर्को control group/ माथिको उदाहरणमा यदि तपाईं कक्षा ९ को विद्यार्थीको अलजेब्रा मा कम्प्युटर विधिको नतिजा हेर्न चाहनु हुन्छ भने तपाइंले जुन कक्षामा यो विधिबाट शिक्षण गर्नु हुन्छ त्यसलाई experimental group र जुन समूहमा तपाईं traditional method बाट पढाउनु हुन्छ त्यो control group भनिन्छ / तपाइंले प्रयोग गर्ने कम्प्युटर विधिलाई intervention भनिन्छ/ यो विधिमा तपाइंले छान्ने sample बैज्ञानिक बिधि बाटै हुनु आवश्यक छ किनभने तपाईं आफ्नो sample मा अनुसन्धान पश्चात प्राप्त नतिजालाई पूरै कक्षा ९ (population) को अलजेब्रा शिक्षण मा कम्प्युटरको प्रभावको सामान्यीकरण गर्नु हुन्छ/ त्यसैले sample selection मा randomness जरुरी छ/ यस्तो experimental research ३ प्रकारका हुन्छन र तीनका पनि विभिन्न स्वरूप हुन्छन/ मुख्य ३ वटा भनेको pre-experimental, quasi-experimental र true-experimental researchहुन्/ (क्रमस:: अर्को पाठमा)

    Lesson 23: Pre-experimental Design

    गएको पाठ २२ मा हामीले experimental research को सामान्य परिचय पायौं/ त्यसैको निरन्तरता स्वरुप आजको पाठ देखि हामी experimental design का प्रकारहरुका बारेमा छलफल अगाडी बढाउँदैछौं /

    Pre-experimental Design यसको नामैबाट थाहा हुन्छ की यो experimentalअनुसन्धान त हो तर यसले निकालेको नतिजामा त्यति बिश्वास गरिहाल्ने अवस्था रहन्न/ यस्तो अनुसन्धानमा भरपर्दो तुलनात्मक समूहको व्यवस्था गरिन्न जसले गर्दा नतिजा एकोहोरो हुन जान्छ/ उदाहरणका लागि तपाइंलाई आफुले पढाउने कक्षामा कुनै नयाँ विधिको प्रयोग गर्न मन लाग्यो र त्यो बिधि कत्तिको प्रभावकारी होला भन्ने जिज्ञासा उठ्यो/ तपाईं प्राथमिक तहमा अंग्रेजी पढाउनुहुन्छ / Word Flash Card प्रयोग गरेर पढाए उनीहरुको vocabulary बढ्छ की एकपटक हेर्नु पर्यो भन्ने तपाइंलाई लाग्यो/ तपाइंले आफुले पढाउने पाठ्यपुस्तकका आधारमा त्यस्तो सामग्री बनाएर एक हप्ता परिक्षण गर्नु भयो र विद्यार्थीको vocabulary मा आएको परिवर्तन मापन गर्नु भयो/ यसबाट तपाईं एउटा निर्णयमा पुग्नु हुन्छ/ यो Pre-experimental design हो/ यो प्रकारको design लाइ One Shot Case Study भनिन्छ/ किनभने तपाइंले एउटा समूहमा एउटा प्रयोग गर्नु भयो र त्यसैका आधारमा निष्कर्ष निकाल्नु भयो/ तर तपाईंकै प्रयोगका आधारमा विद्यार्थीको अंक बढेको वा घटेको भन्ने आधार छैन अरु कारणले पनि उनीहरुको उपलब्धिमा असर परेको हुन सक्छ जुन तपाइंले यहाँ हेर्ने प्रयास गर्नु भएको छैन/ न त कुनै तुलनात्मक समूहको व्यवस्था गरियो न त अरु असर पार्ने तत्वहरुलाई अनुसन्धानमा नियन्त्रण गर्ने प्रयास नै भयो/ न त तपाईंले यसमा कुनै पूर्व परिक्षा लिएर पछिको अंक नै तुलना गर्नु भयो/

    अब pre-experimental design कै अर्को किसिम हेरौं One Group Pre-test Post-test Design/ नामैबाट थाहा भयो यो अनुसन्धान मा एउटा मात्र समूह हुन्छ, त्यो समूहको pre-test गरेर तपाइंले लागू गर्ने प्रयोग जसलाई अनुसन्धानको भाषामा treatment भनिन्छ, त्यो प्रयोग गरिन्छ र अन्तमा फेरी परिक्षण post-test गरिन्छ/ उदाहरण अगिकै लिउँ/ तपाइंले विद्यार्थीको vocabulary कति रहेछ भनेर एउटा test बनाउनु हुन्छ, फ्लाश कार्ड प्रयोग गरेर शिक्षण गर्नु अगि त्यो test लिनु हुन्छ र उनीहरुको अङ्क रेकर्ड गर्नु हुन्छ/ त्यसपछि फ्लाश कार्ड प्रयोग गरेर पढाउनु हुन्छ अनि अन्तमा फेरी त्यही test लिएर मापन गर्नु हुन्छ/ ती दुइको फरकनै फ्लाश कार्ड को प्रयोगको सफलता वा असफलता मान्नु हुन्छ/ यसमा पनि तुलनात्मक समूह जसलाई अनुसन्धानको भाषामा control group भनिन्छ, तपाइंले प्रयोग नगरेका कारण अगिको design भन्दा अलि राम्रो देखिएता पनि माथि भनिएका अरु कारणका आधारमा कम्जोर design नै मानिन्छ/

    Pre-experimental design को तेस्रो प्रकार हो Static Group Comparison Design/ अगिल्ला दुइ प्रकारको तुलनामा यो design अलि फरक छ/ यसमा दुइवटा समूह हुन्छन एउटाले तपाइंको नया प्रयोगको अवसर पाउँछन भने अर्कोले परम्परागत शिक्षण/ अनि तपाइंको परिक्षण सकिएपछि दुवै समूहको vocabulary मापन गरिन्छ/ जुन समूहको सरदर अंक बढी भयो त्यही शिक्षण प्रभावकारी मानिन्छ/ तर यसमा पनि समूह छान्दा तपाइंले उस्तै बनाउने प्रयास नगरेको, pre-test नगरेको, अरु intervening variable (जसका कारणले पनि उपलब्धिमा तलमाथि पर्न सक्छ) नियन्त्रण नगरिएका कारण कम्जोर designनै मानिन्छ/ अर्को पाठमा क्रमस: quasi-experimental design र true-experimental design का बारेमा छलफल अगि बढाइनेछ/

    Lesson 24: Quasi-experimental Designs

    गएको पाठमा हामीले pre-experimental design का बारेमा छलफल प्रस्तुत गर्यौं/ आज Experimental design को अर्को प्रकार Quasi-experimental Design का बारेमा केही कुरा गर्नेछौं/ बास्तवमा experimental design ले "कारण र असरका" बारेमा अनुसन्धान गर्छ/ कुनै पनि घटनाको पछाडि कारण हुन्छ र त्यो कारक तत्व यहिनै हो भनेर किटान गर्ने काम experimental research ले गर्छ/ त्यसैले experimental research मा धेरै चलहरुको अर्थात मूल नतिजामा असर पार्ने तत्वहरु (Independent variable) को पहिचान गरी आफूले हेर्न खोजेको कारण भित्र बसेर अनुसन्धान गर्नु पर्ने भएकोले यो सजिलो पक्कै छैन/ अझ अगाडि भन्नु पर्दा तपाइंले हेर्न खोज्नु भएको कारण र त्यसको असरको अध्ययन गर्दा अरु कारणले पनि त त्यसो हुन सक्छ नी? भनेर प्रश्न उठ्यो भने तपाइंको अनुसंधान दोषमुक्त हुँदैन/ यही मूल कुरालाई ध्यानमा राखी experimental research गर्ने अनुसन्धाताले आफ्नो अनुसन्धानमा Randomeness को प्रयोग गरेको हुन्छ र एक भन्दा बढी independent variable लाइ कि त अनुसन्धान भित्रै समाहित गराउँछ कि त त्यसको प्रभाव नदेखिने गरी अनुसन्धान को ढांचा निर्माण गर्छ/

    आजको हाम्रो बिषय Quasi-experimental Design ले भने Randomeness को ठूलो कुरो गर्दैन अर्थात् कहीं कतै गरे पनि भएका समूह भित्र मात्र सिमित हुन्छ तर ती समूह अनुसन्धान अगि बराबरी क्षमताका थिए भनेर भन्ने आधार खडा गर्दैन / त्यसैले पनि यसलाई Quasi भित्र रखिएको हो/ सामाजिक बिज्ञानका अनुसन्धानहरुमा संधै Randomeness सम्भव छैन न त एउटा थेसिस लेख्ने विद्यार्थीले लामो समय खर्च गरेर काम गर्न सक्छ/ त्यस्तो अवस्थामा गर्न सकिने र कारण र असरका बारेमा केही भन्न पनि मिल्ने हिसावको अनुसन्धान हो Quasi-experimental Research/ उदाहरणको लागि तपाइंको research question यस्तो थियो "Do grade 12 students using mobiles with internet perform better in language test scores than those who do not?" यसमा तपाइंले कक्षा १२ मा पढ्ने विद्यार्थीहरुको भाषा सिकाईमा मोबाइलको प्रयोगको मात्र असर हेर्न खोज्नु भएको छ/ जसमा तपाइंले दुइवटा समूह छान्नु पर्ने भयो/ एउटा इन्टरनेट सहितको मोबाइल प्रयोगकर्ता र अर्को मोबाइल प्रयोग नगर्ने समूह वा गरेपनि इन्टरनेट को प्रयोग नगर्ने समूह/ अब समूह र त्यसका सदस्यहरु कसरी छनौट गर्ने त? तपाइंले आफ्नो कक्षाका बिद्यार्थीहरु बीच वा केही विद्यालय मात्र लिएर अध्ययन गर्ने सोच बनाउनु भएको छ भने ती कक्षा १२ मा पढ्ने बिद्यार्थी हरुको दुइ समूह पहिचान गरेर, उनीहरुलाई भाषाको परिक्षण गरेर अनि उनीहरुको नतिजा तुलना गरेर आफ्नो Research Question को उत्तर पाउन सक्नु हुन्छ/ यसो गर्दा तपाईं ले purposive sample प्रयोग गर्नु भयो random sample हैन; अझ random sample गरेर बिद्यार्थी छनौट गर्न त सक्नुहुन्छ तर तपाइंले छनौट गर्नु अगि ती दुइ बिद्यार्थी समूह उस्तै क्षमताका थिए भनेर भन्न चाहिं सक्नु हुन्न/ / तपाइंको स्कूल छनौट र बिद्यार्थी छनौट प्रक्रिया यहाँ स्पष्ट छैन/ तर पनि तपाइंले एउटा अनुसन्धान गर्नु भयो र त्यसका आधारमा नतिजाको विश्लेषण गरी कारण र असरका बारेमा ब्याख्या गर्नु भयो/ खासगरी सामाजिक बिज्ञान मा यस्ता थुप्रै अनुसन्धान भएका छन् जहाँ अनुसन्धानमा प्रयोग हुने व्यक्तिहरु (subjects) कुनै बैज्ञानिक आधार बिना छनौट गरिन्छन तर अनुसन्धानका अरु सबै प्रक्रिया पूरा गरिएका हुन्छन/ यस्तो अनुसन्धानमा त्रुटी प्रशस्त भएपनि यसलाई शैक्षिक जगतले मान्यता दिएको छ/ यो प्रकारको अनुसन्धानलाई Quasi-experimental अर्थात पूरा रूपको experimental होइन भन्ने अर्थमा बुझ्न सकिन्छ/ अगिकै उदाहरणमा हेरौं जहाँ अनुसन्धानकर्ताले सोझो रुपमा आफ्नो कक्षाका विद्यार्थीबीच यो अनुसन्धान गर्यो; तर भाषा सिकाईमा प्रभावपार्ने इन्टरनेट सहितको मोबाइल बाहेक अरु independent variable control गर्न सकेन वा गर्ने अवसर थिएन/ यस्तो अवस्थामा पनि उसले भाषा सिकाईमा इन्टरनेटको असर अध्ययन गर्यो भने त्यो पूर्ण रूपमा नभएपनि Quasi-experimental research को नमूना मानिन्छ/

    Quasi-experimental research का प्रमूख design यस प्रकार छन्

    १. Non-equivalent control group pretest-posttest design

    2. Time series design

    3. Equivalent time samples design

    यी भित्र पनि थुप्रै प्रकारका अरु design हुन्छन/ यी design का बारेमा संक्षिप्त रूपमा आगामी पाठहरुमा क्रमस: छलफल हुनेछ/

    images
    आइतवार, कार्तिक २३ २०७७०५:२१:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार