Nov 19 2026 | २०८३, मंसिर ४ गते

नारायणी नमुना माविद्वारा जिल्लास्तरीय ‘म्याथ ट्यालेन्ट हन्ट’ सम्पन्न

नारायणी नमुना माविद्वारा जिल्लास्तरीय ‘म्याथ ट्यालेन्ट हन्ट’ सम्पन्न

  • 193
    SHARES

  • नारायणी नमुना माविद्वारा जिल्लास्तरीय ‘म्याथ ट्यालेन्ट हन्ट’ सम्पन्न

    चितवन। विद्यार्थीमा गणितप्रतिको रुचि अभिवृद्धि गर्दै उनीहरूको तार्किक क्षमता, गणितीय ज्ञान तथा समस्या समाधान गर्ने सीप विकास गर्ने उद्देश्यले नारायणी नमुना माध्यमिक विद्यालयले आयोजना गरेको जिल्लास्तरीय ‘NMSS Maths Talent Hunt–2083’ सम्पन्न भएको छ।

    चितवनको भरतपुर–१० स्थित विद्यालयमा आयोजित प्रतियोगितामा अरोमा इङ्लिस हायर सेकेन्डरी स्कुल प्रथम भएको छ। त्यसैगरी युनिक एकेडेमी द्वितीय र अर्बिट युनिक इङ्लिस सेकेन्डरी स्कुल तृतीय भएका छन्।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार ५०० र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विजयी विद्यालयलाई नगद पुरस्कारसँगै ट्रफी तथा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

    विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन गणित विभाग प्रमुख भेगलाल बरालले गर्नुभएको थियो। प्रतियोगिताको मूल्याङ्कन रमाकान्त सापकोटा, गुरुप्रसाद पौडेल र टेकनाथ पौडेलले गर्नुभएको थियो।

    प्रतियोगिताले विद्यार्थीमा गणितीय सोच, तार्किक क्षमता र सिर्जनात्मक समस्या समाधान गर्ने सीप विकास गर्न सहयोग पुग्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीबीच ज्ञान र प्रतिभा आदानप्रदान गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।

    images
    बिहिवार, कार्तिक २० २०८३१०:०६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार