Nov 19 2026 | २०८३, मंसिर ४ गते

निम्नमाध्यमिक तहको लिखित परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने

निम्नमाध्यमिक तहको लिखित परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने

  • 402
    SHARES

  • निम्नमाध्यमिक तहको लिखित परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने

    काठमाडौं। शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गत लिखित (सामान्य) परीक्षामा सहभागी हुने उम्मेदवारका लागि प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था खुला गरेको छ।

    आयोगले बुधबार सूचना जारी गर्दै दरखास्त फाराम भरेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त पोर्टलमार्फत प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने जनाएको हो।

    प्रवेशपत्र प्रिन्ट गर्न उम्मेदवारले आयोगको अनलाइन दरखास्त पोर्टल⁠ https://online.tsc.gov.np/ मा दरखास्त पेस गर्दा प्रयोग गरेको इमेल ठेगाना र पासवर्डबाट लगइन गर्नुपर्नेछ। त्यसपछि ‘दरखास्त पेस गरेको विवरण’ मा क्लिक गरी ‘View’ हुँदै ‘प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्’ विकल्पबाट प्रवेशपत्र डाउनलोड गर्न सकिनेछ।

    आयोगका अनुसार निम्नमाध्यमिक तहको लिखित (सामान्य) परीक्षा आगामी २०८३ मंसिर १२ गते सञ्चालन हुनेछ। आयोगले प्रवेशपत्रको प्रतिलिपि कार्यालयबाट उपलब्ध नगराइने स्पष्ट पार्दै डाउनलोड गरी सुरक्षित राख्न उम्मेदवारलाई आग्रह गरेको छ। परीक्षामा सहभागी हुँदा प्रवेशपत्रसँगै सरकारी निकायबाट जारी भएको फोटोसहितको सक्कल परिचयपत्र, नागरिकता नम्बर उल्लेख भएको, अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।

    त्यस्तै, पासवर्ड बिर्सिएका उम्मेदवारले दरखास्त पोर्टलमा रहेको ‘Forget Password’ विकल्पको छेउमा रहेको ‘Click Here’ मा क्लिक गरी प्रोफाइल बनाउँदा वा फाराम भर्दा राखेको मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरेर नयाँ पासवर्ड बनाउन सक्ने आयोगले जनाएको छ।

    FB_IMG_1793887300901.jpg

    images
    बिहिवार, कार्तिक २० २०८३०८:०४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार