Nov 19 2026 | २०८३, मंसिर ४ गते

सामुदायिक विद्यालयको जग्गा विवरण दुई महिनाभित्र अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन

सामुदायिक विद्यालयको जग्गा विवरण दुई महिनाभित्र अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन

  • 240
    SHARES

  • सामुदायिक विद्यालयको जग्गा विवरण दुई महिनाभित्र अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन

    ६ कात्तिक, भक्तपुर । शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयको जग्गासम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। विभागले विद्यालयले चर्चेको जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी अवस्थासहितको विवरण एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा अनिवार्य रूपमा प्रविष्ट गर्न भनेको हो।

    विभागको शैक्षिक सूचना व्यवस्थापन शाखाले मंसिर २० गते जारी गरेको पत्रमार्फत सबै शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो निर्देशन दिएको हो। विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अघि बढाउँदै दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले विवरण संकलन तथा अद्यावधिक गर्न लागिएको विभागले जनाएको छ।

    निर्देशनअनुसार सामुदायिक विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गालगायत सबै प्रकारका जग्गाको विवरण संकलन गर्नुपर्नेछ।

    त्यसका लागि सम्बन्धित सरोकारवाला पदाधिकारी, सरकारी निकाय, संस्था तथा व्यक्तिसँग आवश्यक समन्वय र सहजीकरण गरी विद्यालयको जग्गासम्बन्धी विषय दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने विभागको निर्देशन छ।

    विद्यालयहरूले आईईएमआईएसमा लगइन गरी ‘School Profile’ अन्तर्गत ‘Management & Others’ मा रहेको ‘जग्गाको विवरण उल्लेख गर्नुहोस्’ विकल्पबाट विवरण प्रविष्ट गर्नुपर्नेछ। त्यस क्रममा जग्गाको स्वामित्व, क्षेत्रफल, जग्गाधनी प्रमाणपत्र वा अन्य कानुनी कागजातको विवरण खुलाउनुपर्नेछ। एकभन्दा बढी कित्ता जग्गा चर्चेको अवस्थामा ‘Action’ विकल्पमार्फत थप कित्ताको विवरणसमेत प्रविष्ट गर्न सकिनेछ। विभागका अनुसार प्रविष्ट गरिएको विवरणको प्रतिवेदन आईईएमआईएसको ‘Reports’ अन्तर्गत ‘School Related’ मा रहेको ‘Land Report’ बाट प्राप्त गर्न सकिनेछ।

    विद्यालयबाट प्राप्त प्रतिवेदन प्रमाणित गरी दुई महिनाभित्र जिल्लाको एकमुष्ट प्रमाणित प्रतिवेदन विभागमा पठाउन शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिइएको छ। स्थानीय तहलाई समेत आवश्यक समन्वय र सहजीकरण गर्न भनिएको छ भने सबै सामुदायिक विद्यालयलाई तोकिएको समयभित्रै कार्य सम्पन्न गर्न विभागले आग्रह गरेको छ।

    FB_IMG_1793944577798.jpg

    images
    शुक्रवार, कार्तिक २१ २०८३११:४४:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार