Nov 19 2026 | २०८३, मंसिर ४ गते

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

  • 219
    SHARES

  • डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

    २१ कात्तिक, काठमाडौं। नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ। सहमतिसँगै शनिबार राती डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गर्नुभएको हो।

    पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाउनु भएको हो।

    IMG-20261107-WA0005.jpg

    डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ।'

    डा. गोबिन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ।

    IMG-20261107-WA0001.jpgIMG-20261107-WA0004.jpg

    images
    शनिवार, कार्तिक २२ २०८३०७:२२:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार