Nov 19 2026 | २०८३, मंसिर ४ गते

शैक्षिक प्रमाणपत्र विवाद: इन्डोनेसियाका उपराष्ट्रपतिको राजीनामा

शैक्षिक प्रमाणपत्र विवाद: इन्डोनेसियाका उपराष्ट्रपतिको राजीनामा

  • 596
    SHARES

  • शैक्षिक प्रमाणपत्र विवाद: इन्डोनेसियाका उपराष्ट्रपतिको राजीनामा

    काठमाडौँ । शैक्षिक प्रमाणपत्रको वैधतामाथि गम्भीर विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले पदबाट राजीनामा दिएका छन्। पूर्वराष्ट्रपति जोको विडोडो (जोकोवी) का जेठा छोरासमेत रहेका ३९ वर्षीय राकाले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

    उनका सहयोगी तथा विडोडो समर्थक सङ्गठन ‘प्रोजो’ का अध्यक्ष बुदी एरी सेतियादीले राजीनामा बुझाइएको पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार राष्ट्रपति प्रबोवोले राकाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्।

    विवादको मुख्य जड र अदालतको फैसला

    सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्दा राकाले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले अमान्य ठहर गरेपछि उनी सङ्कटमा परेका थिए। इन्डोनेसियाको निर्वाचन कानुनअनुसार उपराष्ट्रपति पदको उम्मेदवार बन्न कम्तीमा उच्च माध्यमिक तह (सिनियर हाई स्कुल) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्छ।

    सिंगापुर र अष्ट्रेलियामा अध्ययन गरेका राकाले आफ्नो विदेशी अध्ययनको आधारमा इन्डोनेसियाली समकक्षताको प्रमाणपत्र पेस गरेका थिए। तर, अक्टोबर महिनामा संवैधानिक अदालत र त्यसपछि सर्वोच्च अदालतले गरेको फैसलामा राकाले माध्यमिक तह उत्तीर्ण गरेको कुनै ठोस प्रमाण फेला नपरेको ठहर गरिएको थियो। सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई उनको समकक्षता प्रमाणपत्र रद्द गर्न समेत निर्देशन दिएको थियो।

    images
    बिहिवार, कार्तिक २७ २०८३१०:२२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार