Nov 19 2026 | २०८३, मंसिर ४ गते

विद्यालय कर्मचारी र बालविकास शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम सार्वजनिक

विद्यालय कर्मचारी र बालविकास शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम सार्वजनिक

  • 452
    SHARES

  • विद्यालय कर्मचारी र बालविकास शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम सार्वजनिक

    प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी कर्मचारी तथा विद्यालय सहायक कर्मचारी छनोटका लागि नयाँ पाठ्यक्रम, २०८३ सार्वजनिक गरेको छ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि लागू हुने गरी आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त पाठ्यक्रम सार्वजनिक गरेको हो। २०८३ भदौ ११ गते (२७ अगस्ट २०२६) प्रकाशित पाठ्यक्रममा विद्यालयका लागि आवश्यक जनशक्ति छनोट गर्न सञ्चालन गरिने परीक्षासम्बन्धी विषयवस्तु समेटिएका छन्।

    सार्वजनिक पाठ्यक्रममा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी कर्मचारी र विद्यालय सहायक कर्मचारीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

    प्रारम्भिक बालविकास शिक्षक छनोटका लागि तयार गरिएको पाठ्यक्रममा बालविकाससम्बन्धी ज्ञान, शैक्षिक अवधारणा तथा बालबालिकाको उमेर र आवश्यकताअनुसार शिक्षण गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्ने विषय समेटिएका छन्।

    त्यस्तै, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारी छनोटका लागि पनि सम्बन्धित पदअनुसार परीक्षाका विषयवस्तु निर्धारण गरिएको छ।

    नयाँ पाठ्यक्रमले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा आवश्यक जनशक्ति छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पाठ्यक्रमको पूर्ण विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध छ।FB_IMG_1794401918039.jpgFB_IMG_1794401920008.jpgFB_IMG_1794401921737.jpg इच्छुक उम्मेदवारले वेबसाइटको नमुना फाराम तथा पाठ्यक्रम खण्डबाट सम्बन्धित पाठ्यक्रम हेर्न र डाउनलोड गर्न सक्नेछन्।

     

    images
    बिहिवार, कार्तिक २७ २०८३०८:२८:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार