Nov 19 2026 | २०८३, मंसिर ४ गते

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्रालयद्वारा अवधारणापत्र आह्वान

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्रालयद्वारा अवधारणापत्र आह्वान

  • 137
    SHARES

  • अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्रालयद्वारा अवधारणापत्र आह्वान

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्दै विभिन्न क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न सरकारले अवधारणापत्र आह्वान गरेको छ।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागतसहितको अवधारणापत्र पेस गर्न सम्बन्धित क्षेत्रका वैज्ञानिक, विज्ञ तथा अनुसन्धानकर्तालाई आह्वान गरेको हो।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ बमोजिम मन्त्रालयअन्तर्गत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोष रहने व्यवस्था छ। उक्त कोषबाट खर्च हुने गरी मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रमार्फत विभिन्न क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनको तयारी गरेको जनाएको छ।

    मन्त्रालयले औद्योगिक तथा कृषि औजार, उपकरण र मेसिनरी, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ, ड्रोन तथा एरोनटिकल, आयुर्वेद, जडीबुटी तथा वन पैदावार, बायोमेडिकल इन्जिनियरिङ र कृषिजन्य फोहोरको मूल्यवर्धनसम्बन्धी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि अवधारणापत्र माग गरेको छ।

    त्यसैगरी, सूचनामा उल्लेखित क्षेत्रबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रका विषयमा समेत अवधारणापत्र पेस गर्न सकिने मन्त्रालयले जनाएको छ।

    इच्छुक वैज्ञानिक, विज्ञ तथा अनुसन्धानकर्ताले अनुमानित लागतसहितको अवधारणापत्र मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np वा ह्वाट्सएप नम्बर ९८४१५९२३६१ मा पठाउन सक्नेछन्।

    मन्त्रालयका अनुसार उपयुक्त अवधारणापत्र पेस गर्ने व्यक्ति वा संस्थालाई कदरपत्रसहित सम्मानसमेत गरिनेछ।

    images
    शनिवार, कार्तिक २९ २०८३०८:१५:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार