Nov 19 2026 | २०८३, मंसिर ४ गते

त्रिविले लिखित परीक्षा नलिई १०० उपप्राध्यापकलाई स्थायी नियुक्ति गर्ने

त्रिविले लिखित परीक्षा नलिई १०० उपप्राध्यापकलाई स्थायी नियुक्ति गर्ने

  • 287
    SHARES

  • त्रिविले लिखित परीक्षा नलिई १०० उपप्राध्यापकलाई स्थायी नियुक्ति गर्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लिखित परीक्षा नलिई पहिलोपटक १०० जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ ।

    विश्वविद्यालयको शिक्षण सेवामा विशिष्ट अनुभव र दक्षता हासिल गरेका व्यक्तिलाई आकर्षित गर्ने रणनीतिअनुसार लिखित परीक्षा नलिई सिधै स्थायी नियुक्ति गर्न लागिएको त्रिविले जनाएको छ ।

    उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई स्थायी नियुक्ति गर्न लागिएको यो पहिलोपटक हो । यसअघि विश्वविद्यालयले सीमित सङ्ख्यामा सहप्राध्यापक र प्राध्यापक तहमा पनि लिखित परीक्षा नलिई नियुक्ति गरेको थियो ।

    त्रिविका शिक्षक तथा कर्मचारी छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने निकाय त्रिवि सेवा आयोगका अनुसार यसपटक १०० जना उपप्राध्यापकलाई उक्त प्रक्रियामार्फत स्थायी सेवामा ल्याउन लागिएको हो ।

    विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अनुभवी तथा दक्ष जनशक्तिलाई शिक्षण सेवामा आबद्ध गराउने उद्देश्यले यो व्यवस्था अघि सारिएको त्रिविको भनाइ छ ।

    images
    आइतवार, कार्तिक ३० २०८३०८:१२:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार