Nov 19 2026 | २०८३, मंसिर ४ गते

बी.एस्सी. पुनः प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप ।

बी.एस्सी. पुनः प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप ।

  • 210
    SHARES

  • बी.एस्सी. पुनः प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप ।

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय कीर्तिपुरले चार वर्षे स्नातक तह (बी.एस्सी.) को पुनः प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

    डीनको कार्यालयले २०८३ कात्तिक २९ गते अत्यन्त जरुरी सूचना जारी गर्दै फाराम भर्ने अन्तिम म्याद २०८३ कात्तिक ३० गते सोमबारसम्म थप गरिएको जनाएको हो।

    कार्यालयका अनुसार पुनः प्रवेश परीक्षा २०८३ मंसिर २ गते बिहान ८ बजे सञ्चालन हुनेछ। वार्षिक परीक्षा प्रणालीअन्तर्गत शैक्षिक सत्र २०८३ मा सञ्चालन हुने चार वर्षे बी.एस्सी. कार्यक्रममा भर्नाका लागि उक्त परीक्षा सञ्चालन गर्न लागिएको हो।

    यो व्यवस्था त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा लागू हुनेछ।

    प्रवेश परीक्षासम्बन्धी अन्य व्यवस्था भने यसअघि प्रकाशित सूचनाबमोजिम नै यथावत् रहने डीनको कार्यालयले जनाएको छ।

    FB_IMG_1794794999005.jpg

    images
    सोमवार, मंसिर १ २०८३०७:५८:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार