बुधवार, भाद्र २ २०७८
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा (साविकको प्राविधिक एस.एल.सी) तहको वर्गिकृत छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।
परिषद्ले प्रि–डिप्लोका विभिन्न कार्यक्रमहरु अन्तर्गत यसै शैक्षिक सत्रमा भर्ना सम्बन्धि विशेष व्यावस्था बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्याक्तिहरुबाट आवेदन माग गरेको हो । योग्यता पुगेका व्याक्तिहरुले भदौ २३ गते भित्र विद्युतिय माध्यमबाट रीतपूर्वक आवदन फारम भर्न जानकारी गराएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट सञ्चालन गरिने प्रि – डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८ / ०७ ९ मा परिषद्बाट सञ्चालन सम्बन्धन / स्वीकृति पाएका आंगिक , साझेदार , सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ( TECS ) कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूले परिषद परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको ” प्रि – डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन , छात्रवृत्ति बितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ ( पहिलो संशोधन २०७८ ) ” को को`भिड -१ ९ का कारण यस शैक्षिक सत्रमा भर्ना सम्बन्धी विशेष व्यवस्था बमोजिम पूर्ण शुल्कीयतर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट मिति २०७८ भदौ २३ गतेभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी विद्युतीय माध्यमबाट रीतपूर्वक आवेदन फाराम भर्नु भराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
एस.ई.ई।एस.एल.सी. तह उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका लब्धाङ्क पत्रमा प्राप्त गरेका प्राप्ताङ्कलाई आधार लिई कार्यक्रम र कोटाहरू अनुसार योग्यताक्रमानुसार छनोट हुने व्यहोरा अनुरोध छ । साथै यस सम्बन्धी विस्तृत विवरण ” प्रि – डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन , छात्रवृत्ति वितरण एवं भना सम्बन्धी निर्देशिका २०७७ ( पहिलो संशोधन २०७८ ) ” मा उल्लेख गरिएको हुँदा www.etevtexam.org.np मा राखिएको भर्ना सम्बन्धी निर्देशिका अध्ययन गर्नुहुन समेत अनुरोध छ ।



