Jul 27 2026 | २०८३, श्रावण ११ गते

इन्जिनियर शिक्षा !

निजि इन्जिनियरिङ कलेज विरुद्ध विद्यार्थीहरु आन्दोलनमा ।

निजि इन्जिनियरिङ कलेज विरुद्ध विद्यार्थीहरु आन्दोलनमा ।

  • 1.3K
    SHARES

  • निजि इन्जिनियरिङ कलेज विरुद्ध विद्यार्थीहरु आन्दोलनमा ।

    काठमाडौं,  अनलाइन कक्षाको नाममा चर्को शुल्क लिएको विरोधमा निजि इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन।Screenshot_20210819-144850_Facebook.jpg

    विद्यार्थीहरुले निजि कलेजहरुले अनलाइन कक्षाको नाममा २/३ भिडियो देखाएर डेढ देखि दुई लाख रुपैयाँ सम्म लिएको आरोप विद्यार्थीहरुले लगाएका छन् । विद्यार्थीहरुका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

    यता निजि इन्जिनियरिङ कलेज हरुको सँस्था एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई अनलाइन कक्षाको शुल्कमा १० प्रतिशत भन्दा बढी छुट दिन नसक्ने उल्लेख गरेका छन् ।

    तर  विद्यार्थीहरुले निजी कलेज सञ्चालकको भनाइप्रति आपत्ति जनाउँदै यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थान बोल्नुपर्ने बताएका छन् ।

    यसअघि विद्यार्थीहरु चर्को अनलाइन शुल्क विरुद्ध आ - आफ्नो कलेज मा बिरोध प्रदर्शन गर्दै आएका थिए ।

     

    images
    बिहिवार, भाद्र ३ २०७८०३:०४:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार