Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटीद्वारा बैकल्पिक शिक्षण शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन । [सुचना सहित]

सिटिइभिटीद्वारा बैकल्पिक शिक्षण शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन । [सुचना सहित]

  • 642
    SHARES

  • सिटिइभिटीद्वारा बैकल्पिक शिक्षण शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन । [सुचना सहित]

    काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोभिड–१९ को कारण वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरेका परिषद् मातहतका क्याम्पसलाई शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ।

    सीटीईभीटी अन्तर्गतका अधिकांश क्याम्पसमा वैकल्पिक माध्यमबाट पठनपाठन भएकाले परिषद्ले जारी गरेको वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि २०७७ अनुसार वैकल्पिक माध्यमबाट मात्र पठनपाठन भएको अवस्थामा वैकल्पिक विधिबाट प्रशिक्षण भएको अवधिमा लिइएको वा लिइने शुल्कमा १५ प्रतिशत शिक्षण शुल्कमा छुट दिन निर्देशन दिएको हो।

    परिषद्ले निर्धारण गरेको प्रमाणपत्र, डिप्लोमा तह र प्रिडिप्लोमा तहका विभिन्न कार्यक्रमको शुल्क वैज्ञानिक र व्यावहारिक बनाउँदै विद्यार्थीलाई शुल्कमा सहुलियत छुट प्रदान गर्न निर्देशन दिएको छ।

    यसका साथै परिषद्ले आंगिक, परिषद्अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका प्राविधिक शिक्षा र साझेदारीमा सञ्चालित प्रमाणपत्र, डिप्लोमा तह र प्रिडिप्लोमा तहका विभिन्न कार्यक्रममा फरकफरक शिक्षण शुल्क भएकाले आर्थिक वर्ष २०७८÷०७९ देखि परिषद्ले निर्धारण गरेबमोजिमको शुल्क मात्र कार्यान्वयन गर्न निर्देशन दिएको हो।

    हेर्नुस सूचना सहित !

    FB_IMG_1629855233816.jpg

    images
    बुधवार, भाद्र ९ २०७८०२:२२:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार