Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय खोल्ने तयारीमा सरकार, कार्यढाँचा तयार

विद्यालय खोल्ने तयारीमा सरकार, कार्यढाँचा तयार

  • 502
    SHARES

  • विद्यालय खोल्ने तयारीमा सरकार, कार्यढाँचा तयार

    काठमाडौं /२५ कार्तिक – सरकारले कोभिड १९ को जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय खोल्ने तयारी गरेको छ । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण गएको चैतदेखि शिक्षालय बन्द छन । विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको छ ।

    शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार ,‘लामो समयदेखि विद्यालय बन्द छन । होटल,यातायात लगायत सबै खुलि सकेको अवस्थामा अब कोरोनाको जोखिम कम भएका ठाउँको विद्यालयमा पठनपाठन सञ्चालन गर्न दिने तयारी सरकारले थालेको छ ।’ उनका अनुसार विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पूरा गरी भौतिकरुपमा विद्यालयमै उपस्थित हुने व्यवस्था गर्न कार्यढाँचा तयार गरेको जानकारी दिए । कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने र भौतिक दूरी मिलाई बस्ने, शिक्षक, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायतका विषयवस्तु समावेश छ । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ । ‘भिडभाड गर्न पाइने छैन,’उनले भने,‘मास्क,सेनिटाइजर सबैको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने छ ।’स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उनले बताए ।

    लमो समय देखि विद्यालय सञ्चालनमा आउन सकेका छैनन । सञ्चालनमा आएका विद्यालय पनि कोरोनाको जोखिमका कारण बन्द भएका छन । सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन । साथै वैकल्पिक प्रणालीबाट शिक्षणसिकाइ अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन भने सबै विद्यार्थी समावेस हुन सकेका छैनन । मन्त्रालयका प्रवक्ता शर्माले स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनेगरी एक सातामा विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिएका छन । मन्त्रालयले विज्ञहरुको सल्लाह सुझावसहित शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, हिसानलगायत सरोकारवाला निकायसँग छलफल गरी कार्यढाँचा तयार गरेको हो । उत्त कार्यढाँचा अबको एक सातामै जारी गर्ने तयारीमा मन्त्रालय रहेको छ । कार्यढाँचा जारी भएपछि विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन । ती तहहरूले जहाँ कोरोना जोखिम छैन । त्यहाँ विद्यालय सञ्चालन गर्न पाउनेछन ।

    images
    मंगलवार, कार्तिक २५ २०७७११:३०:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार