Jul 27 2026 | २०८३, श्रावण ११ गते

१६ वर्षीया किशोरी सुस्मिता ऋषिदेव बनिन् एक दिने गाउँपालिका अध्यक्ष!

१६ वर्षीया किशोरी सुस्मिता ऋषिदेव बनिन् एक दिने गाउँपालिका अध्यक्ष!

  • 930
    SHARES

  • १६ वर्षीया किशोरी सुस्मिता ऋषिदेव बनिन् एक दिने गाउँपालिका अध्यक्ष!

    मोरङ - राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा मोरङको बुढीगंगा गाउँपालिका कि १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनेकी छिन् । गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो।

    उनले आर्थिक र प्रशासनिक बाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्। त्यसै अनुसार केही एजेण्डाहरूमा उनले निर्णय समेत गरिसकेको बुढिगंगा गाउपालिका अध्यक्ष बालचन्द्र माझीले बताए।

    पालिका अध्यक्ष माझीका अनुसार ' स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो '।  ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन्।

    यस अघि गाउपालिकाको बैठक केही एजेण्डा तयार गरेको थियो। त्यस अनुसार गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको अध्यक्ष माझीले बताए। 

    अध्यक्षले भने 'आज उहाँले यी तीन एजेण्डाको निर्णय गर्नुभयो। आज विद्यालयहरू, स्वास्थ्य चौकीको निरीक्षण पनि गर्दै हुनुहुन्छ,' उनले भने,'कार्यक्रमहरूले निरन्तरता पाउँछ।'

     

    images
    मंगलवार, भाद्र २९ २०७८०३:०२:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार