बिहिवार, मंसिर ४ २०७७
सरकारले नखोल भन्दा भन्दै खोलिएका विद्यालय का ५१ विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि जुम्लामा लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा ल्याइएको थियो । तर विद्यालय संचालनमा ल्याएपछि एकैपटक ५१ विद्यार्थीलाई कोरोना पुष्टि भएको छ । ठूलो संख्याका विद्यार्थीमा कोरोना पुष्टि भएपछि विहिवारवा जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द भएका छन् । उत्तरी नाम्खा गाउँपालिकाको #याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा #५१ विद्यार्थीमा कोरोना पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था विहिवार देखि बन्द गरिएको हो । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।