Oct 04 2026 | २०८३, आश्विन १८ गते

संविधान दिवसमा ९०३ जनाले पाए पदक। [सूचीसहित]

संविधान दिवसमा ९०३ जनाले पाए पदक। [सूचीसहित]

  • 446
    SHARES

  • संविधान दिवसमा ९०३ जनाले पाए पदक। [सूचीसहित]

    काठमाडौ - सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

    राष्ट्रपतिले प्रदान गर्ने मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने छ। यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।

    महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सम्मानित गरिनेछ भने लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व। मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् ।

    यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

    यस्तो छ संबिधान दिवसको अवसरमा मानपदवी पाउनेहरुको सुचि ।

    FB_IMG_1632027500971.jpgScreenshot_20210919-104422_Facebook.jpgScreenshot_20210919-104504_Facebook.jpgScreenshot_20210919-104517_Facebook.jpg

     

    images
    आइतवार, आश्विन ३ २०७८१०:५५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार