सोमवार, आश्विन ४ २०७८
चितवन - चितवनका ७ अवटै नगरपालिकामा कोभिड १९ जोखिमका कारण लामो समय देखि बन्द रहेका शिक्षण संस्था आजदेखी संचालनमा आउने भएका छन। स्वस्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्ने र स्थानिय निकायले प्रत्यक्ष निगरानी गर्ने गरि बिद्यालय संचालनमा आउने बताइएको छ।
यस अघि शुक्रवार देखि संचालनमा आउने भनिएका बिद्यालय विद्यार्थीको न्यून उपस्थिति का कारण सोमबार देखि पुर्ण संचालनमा ल्याउने तयार गरिएको थियो।
बिधालय दुई चरणमा तीन तीन घण्टा कक्षा संचालन गर्ने गरि खुल्ने बताइएको छ। भरतपुर महानगर शैक्षिक प्रशासन महासाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार स्वास्थ मापदण्ड पुर्णतः लागू गर्दै दुई चरणमा बिद्यालय संचालन मा ल्याइने तयारी गरिएको बताए।
माथिल्लो कक्षा का विद्यार्थी ले स्वास्थ मापदण्ड पालना गर्ने भएनी मन्टेश्वोरी विद्यार्थीहरुलाइ भने जोखिम हुने जिल्ला स्थित स्वास्थ कर्मिहरु बताउछन। शिक्षा समन्वय एकाइ प्रमुख भुमिलाल सुवेदी का अनुसार ज्वरो आएको खोकी लागेको कुनै ओअनि विद्यार्थी लाई बिद्यालय प्रवेश गर्न दिइने छैन। भने सरकारले लागू गरेको स्मार्ट लकडाउन अनुरुप बिद्यालय खुल्ने बताइएको छ।