बिहिवार, आश्विन ७ २०७८
धनगढी- प्राबिधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) सुदूरपश्चिम प्रदेशले डिप्लोमा, प्रमाणपत्र तहको बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको नतिजा प्रकाशन सम्बन्धि सूचना प्रकाशित गरेको छ।
परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरको डिप्लोमा प्रमाणपत्र तहको मिति २०७८/०४/३० र २०७८/०५/१९ प्रकाशित सूचना अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत online फारम भरेका आवेदकहरु योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरि शिक्षण संस्थाहरुमा भर्नाको लागि सिफारिस गरेको ब्यहोरा जानकारी को पागी सुचना प्रकाशित गरेको छ।
नतिजा सम्बन्धि बिस्तृत जानकारीका लागि परिषदको वेबसाइट www.ctevt.org.np र सुदूरपश्चिम प्रदेश कार्यलयको वेबसाईट www.ctevtsppo.org.np मा हेर्न सकिने बताइएको छ।
