बिहिवार, आश्विन २१ २०७८
प्राबिधिक तथा व्यावसायिक तालिम केन्द्र (CTEVT) द्वारा छोटो अवधिको तालिम संचालनका लागि प्रस्तावना आह्वान गरेको छ। सिटिइभिटी स्तर निर्धारण तथा अनुसन्धान महासाखाले एक सुचना जारी गर्दै निजि क्षेत्रमा छोटो अवधीको तालिम कार्यक्रमहरु संचालन को लागि प्रस्तावना गरेको हो।
परिषदले कार्यक्रम संचालन गर्नका लागि इच्छुक सँस्थाहरुले ३० दिन भित्र उल्लेखित सर्तहरु पूरा गरि कार्यक्रमहरुको विवरण अनुसार प्रस्तावना र आवस्यक कागजात मिलाइ परिषदको वेबसाईटमा फारम भर्न सुचित गरेको छ।
आवेदन फारम परिषदको वेबसाईट www.ctevt.org.np बाट डाउनलोड गरि भर्न सकिने जनाइएको छ।
