Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयमा स्नातक तहको नि:शुल्क छात्रवृत्तिकोलागी आवेदन खुला। (सूचना सहित)

पोखरा बिश्वबिद्धालयमा स्नातक तहको नि:शुल्क छात्रवृत्तिकोलागी आवेदन खुला। (सूचना सहित)

  • 1.4K
    SHARES

  • पोखरा बिश्वबिद्धालयमा स्नातक तहको नि:शुल्क  छात्रवृत्तिकोलागी आवेदन खुला। (सूचना सहित)

    काठमाडौ - पोखरा बिश्वबिद्धालयले स्नातक तहको छात्रवृत्तिको लागि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ। बिश्वबिद्धालयले बिज्ञान तथा प्रबिधि संकाय, ब्यबस्थापन संकाय र मानविकी तथा समाजशास्त्र संकायमा अध्यायन गर्ने विद्यार्थीको लागि नि:शुल्क छात्रवृत्तिको लागि आवेदन माग गरेको हो।

    बिश्वबिद्धालयका आंगिक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरुमा पोखरा बिश्वबिद्धालय छात्रवृत्ति सम्बन्धी नियमावली २०६५ बमोजिम नि:शुल्क  छात्रवृत्ति अध्यायनका लागि सुचना प्रकाशित गरेको बताइएको छ।

    बिश्वबिद्धालयले छात्रवृत्तिका लागि खुला प्रतियोगिता बाट उम्मेद्बारी छनोट गर्ने सूचनामा जनाएको छ।

    बिश्वबिद्धालयलाई प्राप्त हुनजाने छात्रवृत्ति कोटाहरु मध्य स्थानीय छात्रवृत्ति शिक्षक तथा कर्मचारी सन्तती छात्रवृत्ति कोटा बाहेक ६०% कोटा खुला र ४०% कोटा अपांग, सहिद तथा जनआन्दोलन घाइते, दुर्गम, दलित, जनजाति, र मधेसी समुदायलाइ सुरक्षित गरिने बताइएको छ।

    छात्रवृत्तिको निवेदन दिनको लागि कम्तिमा कक्षा ६ देखि १० सम्म सामुदायिक बिद्यालयमा अध्यायन गरि एसईई वा एसएलसी गरेका र छात्रवृत्ति छनोट प्रवेश परिक्षामा समेत उत्तीर्ण उमेदवार लाई छनोट गरिने बताइएको छ।

    छात्रवृत्ति को लागि २०७८/८/५ गते देखि २५ मंसिर सम्म अनलाइन आवेदन दिन सकिने जारी सूचनामा बताइएको छ। त्यसैगरी छात्रवृत्ति को लागि परिक्षा आगमी पुस९ र १० हुने जनाइएको छ।

    बिस्तृत जानकारीका लागी बिश्वबिद्धालयले जारी गरेको सूचना हेर्नुस।

    Screenshot_20211127-215017_Drive.jpgScreenshot_20211127-215040_Drive.jpgScreenshot_20211127-215059_Drive.jpgScreenshot_20211127-215121_Drive.jpgScreenshot_20211127-221530_Drive.jpg

    images
    शनिवार, मंसिर ११ २०७८१०:३१:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार