आइतवार, मंसिर १२ २०७८
काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिईभिटी) राष्ट्रिय सीप परिक्षण समिति (National Skill Board) द्वारा सीप परिक्षणको लागि आवेदन आह्वान गरेको छ।
राष्ट्रिय सीप प्रमाणिका अनुसार व्यावसायिक शिक्षा तालिम अभिबृद्धि परियोजना दोश्रो (EVENT-2nd) को सहयोगमा सहुलियत शुल्कमा संचालन हुने पुर्व सिकाइको सीप परिक्षण सम्मिलित हुन चाहने १६ बर्ष उमेर पुगेका तथा वैदेशिक रोजगार बाट फर्किएका नागरिक गरुलाइ आवेदन आह्वानको लागि सूचना जारी गरेको छ।
यो सूचना CTEVT राष्ट्रिय सीप परिक्षण समितिको वेबसाईट www.event.gov.np, www.ctevt.org.np तथा www.nstb.org.np मा गएर डाउनलोड गर्न सकिने छ। आवेदन फारम तोकिएको केन्द्रमा २०७८/९/१२ भित्र बुझाइ सक्नुपर्नेछ।
बिस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस।