Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा आयोगको एक्सन। १५ कलेजलाई नर्सिङ भर्ना गर्न लगायो रोक। (नाम सहित)

चिकित्सा आयोगको एक्सन। १५ कलेजलाई नर्सिङ भर्ना गर्न लगायो रोक। (नाम सहित)

  • 689
    SHARES

  • चिकित्सा आयोगको एक्सन। १५ कलेजलाई नर्सिङ भर्ना गर्न लगायो रोक। (नाम सहित)

    काठमाडौ - ऐन र नियम बिपरित काम गरेको भन्दै चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ ।

    सिटिइभिटी ले हालै भर्ना खुलाउने निर्णय गरेका ४५ कलेजमध्ये १५ वटा कलेज पिसिएल नर्सिङ भर्नामा आयोगले रोक्ने निर्णय गरेको हो।

    चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन समेत दिएको छ।

    आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न सिटिइभिटीलाई भनेको छ।

    यी हुन् भर्नामा रोक लगाउने निर्णय भएका कलेज

    १: नोबल मेडिकल कलेज, विराटनगर

    २: नेसनल मेडिकल कलेज, वीरगञ्ज

    ३: कलेज अफ मेडिकल साइन्सेज, चितवन

    ४: एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन

    ५: काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं

    ६: नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं

    ७: नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

    ८: मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

    ९: नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

    १०: अल्का अस्पताल, ललितपुर

    ११: बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर

    १२: मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा

    १३: नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके

    १४: लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा

    १५: देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही

    यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशनात्कम सूचना नाम सहित।

    FB_IMG_1638250489445.jpg

    images
    मंगलवार, मंसिर १४ २०७८११:०६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार