Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT द्वारा१५ शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया स्थगन।

CTEVT द्वारा१५ शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया स्थगन।

  • 770
    SHARES

  • CTEVT द्वारा१५ शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया स्थगन।

    काठमाडौ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८—०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा विभिन्न १५ शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना प्रक्रिया स्थगन गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, स्तर निर्धारण महाशाखाको हिजोको पत्रानुसार अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया स्थगन गरेको हो ।

    विद्यार्थी भर्ना प्रक्रिया बन्द भएका शिक्षण संस्थाहरु।

    १: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, मोरङ

    २: नेसनल मेडिकल कलेज, पर्सा,

    ३: बि एन्ड बि नर्सिङ कलेज, ललितपुर,

    ४: नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुर,

    ५: एनपीआई नारायणी सामुदायिक हस्पिटल, चितवन,

    ६: कलेज अफ मेडिकल साइन्स, चितवन,

    ७: अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (अल्का हस्पिटल), ललितपुर,

    ८: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौँ,

    ९: काठमाडौँ मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ, काठमाडौँ,

    १०: मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, ललितपुर,

    ११: ओम हेल्थ क्याम्पस, काठमाडौँ,

    १२: मणिपाल कलेज अफ मेडिकल साइन्स, कास्की,

    १३: लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल, पाल्पा,

    १४: देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, रूपन्देही र

    १५: नेपालगञ्ज नर्सिङ क्याम्पस, कोहलपुर,

    सूचनामा राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन३० गतेको निर्णयको प्रतिकूल भएकोले त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्ना सम्बन्धी भएका सूचना रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

    उक्त१५ वटा संस्थाको हकमा अर्को सूचना नहुन्जेल सम्मका लागि प्रशिक्षार्थी भर्ना प्रक्रिया स्थगन गरी उक्त शिक्षण संस्थाहरूमा भर्नाका लागि आवेदन गरेका आवेदक प्रशिक्षार्थीहरूको हकमा आवेदन शुल्क फिर्ता दिने वा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका अन्य शिक्षण संस्थामा आवेदन गर्न चाहेमा समेत सहभागी हुन पाउने सूचनामा उल्लेख गरिएको छ ।

    साथै वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रममा तल उल्लेखित शिक्षण संस्थालाई परीक्षार्थीले प्राथमिकीकरण गरेको भएमा उक्त शिक्षण संस्था हटाई सो पछिको शिक्षण संस्थालाई आधार मानी छनोट गरी भर्नाका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ । उल्लेखित १५ वटा शिक्षण संस्थामा निवेदन दिएका आवेदकहरूलाई भर्ना प्रक्रिया शुल्क समेत फिर्ता गर्न सूचित गरेको छ ।

    यस्तो छ CTEVT द्वारा प्रकाशित सूचना ।

    Screenshot_20211208-081907_Facebook.jpg

    images
    बुधवार, मंसिर २२ २०७८०८:३४:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार