Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईका लागि रजिष्टेसन फारम खुल्याे, हेर्नुस् सुचना

एसईईका लागि रजिष्टेसन फारम खुल्याे, हेर्नुस् सुचना

  • 1.0K
    SHARES

  • एसईईका लागि रजिष्टेसन फारम खुल्याे, हेर्नुस् सुचना
     

    राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईई परीक्षाका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ।   

     बोर्डले कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसईई परीक्षामा सामेल हुनका लागि बिहीबारदेखि माघ २१ गतेसम्म रजिष्ट्रेसन फाराम भरिसक्न सूचित गरेको छ। सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबुवाको नाम ठीकसँग भरे नभरेको रुजु गरी माघ मसान्तभित्र बोर्डमा पठाउन पनि भनिएको छ।

    यसैगरी खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत् विद्यार्थीले पनि सोही मितिभित्र रजिष्ट्रेसन र आवेदन दुवै फाराम भर्नुपर्ने बोर्डले जनाएको छ। रजिष्ट्रेसन फारामका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

    विद्यालयले आपना विद्यार्थीले भरेको रजिष्ट्रेसन फारम रुजु गरी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वयमा पठाउनु पर्ने बोर्डले जनाएको छ।

    हेर्नुस सुचना ...

    IMG_20201230_193750.png

    images
    बुधवार, पौष १५ २०७७०७:३६:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार