Oct 05 2026 | २०८३, आश्विन १९ गते

चिलि जहाँ ३५ बर्षिय युवा विद्यार्थी राष्ट्रपतीमा निर्वाचित भए।

चिलि जहाँ ३५ बर्षिय युवा विद्यार्थी राष्ट्रपतीमा निर्वाचित भए।

  • 789
    SHARES

  • चिलि जहाँ ३५ बर्षिय युवा विद्यार्थी राष्ट्रपतीमा निर्वाचित भए।

    अन्तर्राष्ट्रिय - दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित एक मुलुक चिली (गणतन्त्र चिली) को राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन ।Screenshot_20211220-094630_Chrome.jpg

    गाब्रियल बारिक चुनावमा वामपन्थी मोर्चाबाट राष्ट्रपति पदका उम्मेदवार थिए। उनले आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुन ।

    अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।Screenshot_20211220-091252_Chrome.jpg

    चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो ।बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ ।

    बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचन दिएका थिए ।

    चुनाव अघि गाब्रियल बारिकले भनेका थिए “हाम्रो पुस्ताले परिवर्तन र आगामी रूपान्तरणको प्रतिनिधित्व गर्ने कुराले मलाई निकै खुसी लागेको छ । आगामी रूपान्तरण बिस्तारै आउनेछ, तर पक्कै आउनेछ ।”

    चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।

    को हुन बोरिक ?

     

    विद्यार्थी आन्दोलनबाट उदाएका युवा    सन् १९८६ मा चिलीको पुन्टा एरेनासमा जन्मिएका बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । १४ वर्षको उमेरदेखि नै उनी विद्यार्थी संगठनमा आवद्ध थिए ।विश्वविद्यालयमा अध्ययनका क्रममा ‘अटोनोमस लेफ्ट’ नामक विद्यार्थी आन्दोलनमा जोडिएर शिक्षामा व्याप्त बेथितिविरुद्ध आवाज उठाएका थिए ।

    सन् २००८ मा चिली विश्वविद्यालयको कानुन संकायको विद्यार्थी युनियनको सल्लाहकार बनेका बोरिक अर्को वर्ष युनियनको अध्यक्ष बनेका थिए । अध्यक्ष हुँदा उनले शैक्षिक सुधारका माग राख्दै ४४ दिनसम्म विश्वविद्यालयका डिन रोबर्टो नाहुमविरुद्ध भएको विरोध प्रदर्शनको अगुवाइ गरेका थिए ।

    त्यसको दुई वर्षपछि चिली विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएलगत्तै उनले पुन: विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

    सन् २०१२ मा एल मर्कुरिओ पत्रिकाले सार्वजनिक गरेको चिलीका १०० जना युवा नेताको सूचीमा बोरिकको नामसमेत थियो । शैक्षिक आन्दोलनबाट लोकप्रिय बनेका उनी अर्को वर्ष सम्पन्न संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    म्यागालानेस एवं चिलियन अन्टार्कटिक क्षेत्रअन्तर्गतको ‘डिस्ट्रिक्ट ६०’ (हालको डिस्ट्रिक्ट २८) को प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका उनले सो क्षेत्रमा सबैभन्दा धेरै अर्थात् १५ हजार ४१८ मतसहित विजयी भएका थिए ।

    त्यतिबेला सञ्चार माध्यममा गठबन्धनभन्दा बाहिरबाट विजयी भएको भनेर बोरिकको निकै चर्चा समेत भएको थियो । पहिलो पटक सांसद हुँदा उनी मानव अधिकार तथा आदिवासी समुदाय समितिसहित विभिन्न समितिमा बसेका थिए । सन् २०१७ को संसदीय निर्वाचनमा समेत बोरिकले अत्यधिक मतसहित सोही क्षेत्रबाट जित हात पारेका थिए ।

    चिलीकै कान्छो राष्ट्रपति

    विद्यार्थीको ‘र्‍याडिकल’ पुस्तालाई प्रतिनिधित्व गर्ने बोरिकले ४ महिनाअघि राष्ट्रपतीय  उम्मेदवार छनौटका लागि भएको प्राइमरी चुनावमा जित हात पारेर सबैलाई चकित पारेका थिए । अप्रुएबो डिग्निडाड नामक गठबन्धनबाट उनले रेकोलेटाका मेयर डेनियल जाडुईलाई प्राइमरीमा हराएका थिए ।

    निर्वाचनपूर्व गरिएका मत सर्वेक्षणले जाडुईले जित्ने देखाएको थियो । तर चुनावमा बोरिक विजयी भए । योसँगै उनी चिलीको आधुनिक इतिहासमै कान्छा राष्ट्रपति बन्ने भएका छन् । बोरिकको जितले वैचारिक विभाजन देखिन थालेको ल्याटिन अमेरिकाभर तरंग ल्याउने विश्लेषण गरिएको छ ।

     

    नवउदारवादका कट्टर विरोधी

    युवा उमेरमै राष्ट्रपति बन्न लागेका बोरिकको उदयसँगै चिलीमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ । किनभने उनी सैनिक तानाशाह अगस्टो पिनोसेको तीतो विरासतलाई सधैंका लागि अन्त्य गर्ने प्रण गरेको नयाँ पुस्ताका प्रतिनिधि समेत हुन् ।

    पिनोसेले अमेरिकाको सहयोगमा सत्ता कब्जा गरेलगत्तै खुला बजारमा आधारित आर्थिक नीति लागू गरेका थिए । उनले आर्थिक उदारीकरण, सरकारी कम्पनीको निजीकरण र स्थिर मुद्रा स्फितिलाई प्रमुख उद्देश्य बनाएका थिए ।

    चिलीलाई ‘सर्वहाराको साटो प्रोप्राइटरको मुलुक बनाउने’ घोषणा गर्दै ल्याइएको नवउदारवादी नीतिका कारण १९७६ देखि १९८१ सम्म राम्रै आर्थिक वृद्धि पनि भयो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका वित्तीय संस्थाले चिलीलाई ठूलो मात्रामा कर्जा उपलब्ध गराए । खासगरी वैदेशिक ऋणबाट ठूला वित्तीय इकाइले अधिकतम लाभ लिएका थिए ।

    तर १९८० पछि ल्याटिन अमेरिकी मुलुकमा देखिएको कर्जा संकटबाट चिली सबैभन्दा प्रभावित बन्न पुग्यो । अति धनीको हातमा सम्पत्ति केन्द्रीकृत हुँदा आर्थिक असमानतासमेत चुलिएको थियो ।

    पिनोसेका पालामा लागू गरिएको नवउदारवादी नीतिका कारण चिलीमा असमानता र गरिबी बढाएको आलोचकहरू बताउँछन् । चिलीका अर्थशास्त्री अलेजान्द्रो फक्सलेका अनुसार सैनिक शासनकालको अन्त्यतिर आउँदा चिलीमा झण्डै ४४ प्रतिशत परिवार गरिबीको रेखामुनि थिए । #एजेन्सीको सहयोगमा ।

     

    images
    सोमवार, पौष ५ २०७८०९:४९:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार