Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिट चोर्न नदिएको झोकमा विद्यार्थी द्वारा  शिक्षक माथी हातपात ।

चिट चोर्न नदिएको झोकमा विद्यार्थी द्वारा  शिक्षक माथी हातपात ।

  • 494
    SHARES

  • चिट चोर्न नदिएको झोकमा विद्यार्थी द्वारा  शिक्षक माथी हातपात ।

    काठमाडौ - रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले चिट चोर्न नपाउदा शिक्षकलाई कुटपिट गरेका छन् ।

    क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुबेर जेठाराले शिक्षकलाई निर्घात कुटपिट गरेका हुन् ।

    परीक्षा चलिरहेका चिट नचाेर्न आग्रह गर्दा भएकाे विवादपछि कुटपिट भएकाे क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए ।

    कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको अनलाइनखबरलाई बताए । कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् ।  उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

     

    images
    मंगलवार, पौष ६ २०७८१२:२४:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार