Oct 05 2026 | २०८३, आश्विन १९ गते

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन ।

  • 594
    SHARES

  • विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन ।

    काठमाडौँ– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाको अनुगमन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच सदस्यीय एक बिशेष समिती बनाएको छ।

    मन्त्रालयले कोरोना महामारीका कारण स्थलगत अनुगमन तथा निरीक्षण गर्न नपाएको भन्दै उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०५९ बमोजिम सञ्चालन भए नभएको अनुगमन गर्न समिति बनाएको हो।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त समितीलाई अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।

    लामो समय अनुगमन नुहुँदा विद्यार्थी र सरोकार पक्षमा देखिएको अन्योलता सम्बोधन गर्न मन्त्री देवेन्द्र पौडेलले उक्त निर्देशन दिएको हो ।

    शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरुको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार