Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेडिकल संचालक सुनिल सर्मालाई सिंहदरबार भित्रै दल्यो कालोमोसो ।

मेडिकल संचालक सुनिल सर्मालाई सिंहदरबार भित्रै दल्यो कालोमोसो ।

  • 1.9K
    SHARES

  • मेडिकल संचालक सुनिल सर्मालाई सिंहदरबार भित्रै  दल्यो कालोमोसो ।

    काठमाडौ -  मेडिकल शैक्षिक संस्था संचालक शुनिल सर्मालाई  लाई कालोमोसो दलिएको छ। बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लगाएत संयुक्त विद्यार्थीले शर्मालाई सिंहदरवार भित्रै कालोमोसो दलिएको हो।

    शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै संयुक्त विध्यार्थी सङ्गठनको तर्फबाट शर्मालाई कालोमोसो दलेका हुन् ।

    शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

    यसअघि मेडिकल शिक्षा मा चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा २० लाख बढी शुल्क असुली गरिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका थिए।

    काठमाडौ सिनामंगलस्थित स्थित काठमाडौ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगाएतले चरम शुल्क सुलि गरेको भन्दै शिक्षण संस्थामा तालाबन्दी समेत गरिएको थियो।

     

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1642168987546.jpg

    images
    शुक्रवार, पौष ३० २०७८०५:२७:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार