मंगलवार, माघ ४ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत स्नातक तहमा भर्नाको लागि प्रवेश परिक्षा को मिति सार्वजनिक गरेको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै शैक्षिकसत्र २०७८/७९ को लागि सेमेस्टर प्रणाली अनुरुप भर्नाको लागि प्रवेश परिक्षा (CMAT- 2021) को लागि सुचना आव्हान गरेको हो।
बिश्वबिद्धालय ब्यबस्थापन संकाय स्नातक तहमा संचालित BBA/BIM/BHM/BTTM/BBM/BMS/BOA/BBA-F कार्यक्रममा भर्नाको लागि मिति २०७८ माघ ८ गते शनिबार बिहान ८ बजे देखि प्रवेश परीक्षा सुरु हुने जनाएको छ।
सुचना विद्यार्थीहरुले बिहान ७:४५ बजे भित्र हल मा प्रवेश गरिसक्नुपर्ने छ।





