Jul 28 2026 | २०८३, श्रावण १२ गते

मावि र निमावि तहको लाइसेन्स परिक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)

मावि र निमावि तहको लाइसेन्स परिक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)

  • 7.6K
    SHARES

  • मावि र निमावि तहको लाइसेन्स परिक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)

    चैत २, काठमाडौ - शिक्षक सेवा आयोगले माध्यामिक र निम्नमाध्यमिक तहको अध्यायन अनुमतिपत्र (लाइसेन्स) को परिक्षाको पाठ्यक्रम प्रकाशित गरेको छ। आयोगले १०० पूर्णाङ्कमा ५० उत्तीर्णांक सहित बस्तुगत प्रश्न मात्र सोध्नेगरीको पाठ्यक्रम सार्वजनिक गरेको हो ।

    आयोगले लाइसेन्सको परिक्षा समय १ घण्टा तोकेको छ भने बस्तुगत बहु बैकल्पिक (multiple choice) प्रश्नको उत्तर सहि दिएमा २ अंक प्रदान गरिने जनाएको छ।

    नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरूले शिक्षण सेवामा प्रवेश गर्नुपूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको आयोगले जनाएको छ।

    शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसंग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको जनाएको छ ।

    आयोगका अमुसार यो पाठ्यक्रम  २०७८ चैत २ गते देखि लागू हुने जनाएको छ।

    यस्तो छ माद्यामिक तहको अध्यायन अनुमतिपत्र (लाइसेन्स) को परिक्षाको पाठ्यक्रम ।FB_IMG_1647433859396.jpgFB_IMG_1647433861202.jpgFB_IMG_1647433862851.jpgFB_IMG_1647433865067.jpgFB_IMG_1647433866685.jpgFB_IMG_1647433868267.jpg

    यस्तोछ, निम्नमाध्यमिक तहको अध्यायन अनुमतिपत्र (लाइसेन्स) को परिक्षाको पाठ्यक्रम ।

    FB_IMG_1647443383219.jpgFB_IMG_1647443384985.jpgFB_IMG_1647443386723.jpgFB_IMG_1647443388866.jpgFB_IMG_1647443390617.jpgFB_IMG_1647443392363.jpg

    images
    बुधवार, चैत्र २ २०७८०९:४९:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार