Oct 06 2026 | २०८३, आश्विन २० गते

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोटमा परेका बिद्यालयहरुको डिजाइन, ड्राईङ अनुसार भवन बनाउन निर्देशन ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोटमा परेका बिद्यालयहरुको डिजाइन, ड्राईङ अनुसार भवन बनाउन निर्देशन ।

  • 2.7K
    SHARES

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोटमा परेका बिद्यालयहरुको डिजाइन, ड्राईङ अनुसार भवन बनाउन निर्देशन ।

    चैत/२३, काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र अन्तर्गत बिद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ अनुसारको भवन बनाउने कार्यक्रम कार्यन्वयन गर्न निर्देशन दिएको छ।

    देशभरका सबै स्थानिय तह र बिद्यालयहरुको नाममा पत्र लेख्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कृयाकलापहरु उल्लेख भए अनुरुप कार्यन्वयन गर्न निर्देशन दिएको हो।

    शाखाले चालू आर्थीक बर्स २०७८/७९ को बार्षिक कार्यक्रम अनुसार ब.उ.शि. नं ३५०००१०९ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका बिद्यालय भवनका लागि बिनियोजित बजेट स्थानिय तहमा हस्तान्तरण भैसकेकोले उक्त कार्यक्रम अन्तर्गत सम्पुर्ण कामकारबाही गर्न निर्धारण दिएको छ।

    कार्यक्रम अन्तर्गत छनोटमा परेका विद्यालयले २ कोठे, ४ कोठे र ८ कोठे भवनको नमुना डिजाईन ड्रईङ बनाउँदा केन्द्रले तयार गरेको नमुना अनुसार गर्न निर्देशन दिएको हो ।

    २ कोठे, ४ कोठे तथा ८ कोठे भवन मध्ये आफ्नो विद्यालयको लागि प्राप्त कार्यक्रम बमोजिम डिजाईन ड्रईङको छनोट गरी उक्त डिजाईन ड्रईङ सम्बन्धित स्थानीय तहबाट स्विकृत गराई निर्माण कार्य संचालन गर्न गराउन सकिने सूचनामा उल्लेख छ । भवनको डिजाइन हेर्न www.moepiu.gov.np मा हेर्न सकिने छ।

    बिस्तृत जानकारीका पागी हेर्नुस सूचना ।

    FB_IMG_1649242046227.jpgFB_IMG_1649242048573.jpg

    images
    बुधवार, चैत्र २३ २०७८०६:१०:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार