Oct 06 2026 | २०८३, आश्विन २० गते

पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा आवेदन खुल्यो।

पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा आवेदन खुल्यो।

  • 866
    SHARES

  • पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा आवेदन खुल्यो।

    चैत, २५ / काठमाडौ - चावेल मित्रपार्क स्थित रहेको पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा आवेदन खुलेको छ। क्याम्पसमा रिक्त रहेको क्याम्प प्रमुखको पदपुर्तिका लागि संचालन समितिको मिति २०७८ माघ २६ को निर्णय अनुरुप प्रकाशित बिज्ञापन अनुरुप प्रसस्त आवेदन प्राप्त नभएकोले पुन ११ दिनको म्याद राखी बिज्ञापन गरेको हो।

    क्याम्पस प्रमुख ४ बर्षका लागि करार सेवा (पुर्णकालिन) मा नियुक्ति हुनेछ भने संचलक समितिको निर्णय अनुसार सेवा सुबिधा प्राप्त हुने जनाइएको छ।

    हाल क्याम्पसमा सेवारत रहेको सम्बन्धित बिषयमा कम्तिमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको एबं अपेक्षित विशेष योग्यता क्याम्पसमा सहायक क्याम्पस प्रमुख, कार्यक्रम संयोजकको रुपमा कामगरेको हुनुपर्ने छ। खुल्ला प्रतिस्पर्धा बाट आउने उमेदवार भने प्रथम श्रेणीबाट स्नातकोत्तर उत्तीर्ण गरेको यबं अपेक्षित विशेष योग्यता सम्बन्धित बिषयमा बिद्यावारिधी उपाधी प्राप्त गरि शैक्षिक / प्रशाशनिक अनुभव भएको हुनु पर्ने छ।

    आवेदन दिने अन्तिम मिति २०७९ बैशाख ५ तोकिएको छ। भने बैसाख ७ गते सम्पर्क गर्न अनुरोध गरेको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    शुक्रवार, चैत्र २५ २०७८०७:०५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार