शुक्रवार, चैत्र २५ २०७८
चैत, २५/ काठमाडौ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको तलबभत्ता र ग्रेडमा समानता कायम गर्ने भएको छ।
मन्त्रालयले समान तहको निजामती सेवामा भए सरहको ग्रेड पाउने व्यवस्था गरी एक वर्ष पूरा गरेपछि तोकिएको ग्रेड वृद्धिको व्यवस्था कानुनमै समावेश गर्ने जनाएको हो ।
यसअघि समान तहको निजामती सेवा र स्थायी शिक्षकबीच रहेको तलबभत्ता र ग्रेडमा समानता कायम गर्ने र स्थायी सेवा प्रवेश तथा बुढवा भएको एक वर्ष पुग्नासाथ ग्रेड पाउने व्यवस्था लागू गर्न नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयसमक्ष गत फागुन ९ गते सोमबार माग गरेको थियो ।